नमात्तिनुस्, नआत्तिनुस् : भीम आचार्य

 जेठ १४, २०७६ मंगलबार २०:१६:७ | उज्यालो सहकर्मी
unn.prixa.net

खोटाङ – नेपाल कम्युनिष्ट पार्टी, १ नम्बर प्रदेश इन्चार्ज भीम आचार्यले वर्तमान दुई तिहाईको सरकारको नाममा दम्भ नदेखाउन र नमात्तिन नेकपाका नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभएको छ ।

नेकपा खोटाङको नेता तथा कार्यकर्ताको शपथग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश इन्चार्ज आचार्यले जित्दा मात्तिने र हार्दा आत्तिने दुबै प्रवृत्तिले पार्टीलाई सिध्याउने बताउनुभयो । ‘कहिलेकहीँ असफल हुँदा आत्तिने र जित्दा मात्तिने गरिन्छ । यो दुई वटै हामीलाई सिध्याउने बाटो हो,’ आचार्यले भन्नुभयो, ‘जनताले दिएको जिम्मेवारीलाई बहुत गर्हाैँ ढंगले लिन सक्नुपर्छ । त्यो जिम्मेवारीलाई महसुस गरेर जनताको भावना अनुसारको काम गर्नुपर्छ । कहिलेकहीँ लाटाको हातमा पापा परेजस्तो गरियो भने विनासको बाटोमा लैजान्छ ।’ 

प्रदेश इन्चार्ज आचार्यले अहिलेको समयमा बन्दुक पड्काएर समाज परिवर्तन सम्भव नहुने बताउनुभएकाे छ । नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीको गतिविधिलाई लक्क्षित गर्दै आचार्यले टाङ्टाङ्–टुङ्टुङ् गरेर बन्दुक पड्काएर परिवर्तन साध्य नहुने बताउनुभयो । उहाँले २०-३० वर्षसम्म जनताले स्मरण गर्नेगरी काम गर्न स्थानीय तहका जनप्रतिनिधिलाई आग्रह गर्नुभएको छ । 
 

अन्तिम अपडेट: चैत ४, २०८०

तपाईको प्रतिक्रिया