पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिन सडकखण्ड भोलिदेखि १४ दिनसम्म दैनिक ९ घण्टा बन्द हुने

 जेठ १५, २०७६ बुधबार १०:५६:६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिन सडकखण्डमा भोलिदेखि १४ दिनसम्म दैनिक ९ घण्टा गाडी सञ्चालन नहुने भएको छ ।

मुग्लिनबाट तनहुँ जोड्ने निर्माणाधीन नयाँ पुलको दुवैतर्फको सडक सतहमा टेवा पर्खाल लगाउने तथा सडक कालोपत्रे गर्नुपर्ने भएकाले दिउँसो ४ घण्टा र राति ५ घण्टा सडक बन्द गर्न लागिएको पुल योजना मध्यक्षेत्र सेक्टर नम्बर दुईले जनाएको छ । 

सेक्टरका अनुसारका भोलिदेखि आउँदो ३० गतेसम्म बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म  र राति ९ बजेदेखि २ बजेसम्म सडक बन्द गर्न लागिएको हो । नयाँ पुलको दुवैतर्फको सडकमा काम हुँदा पुरानो पुलबाट पनि गुड्ने गाडी पनि अवरोध हुने भएकाले दैनिक ९ घण्टा सडक बन्द गर्न लागिएको सडक विभागले जनाएको छ ।

यो सडकखण्ड दैनिक ९ घण्टा बन्द हुँदा पोखरा, गोरखा लगायत गण्डकी प्रदेशमा ओहोरदोहोर गर्ने यात्रुलाई समस्या भए पनि नारायणगढ मुग्लिन सडकखण्डमा भने यसको असर नपर्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । तर मुख्य बाटो बन्द हुँदा नारायणगढ मुग्लिन सडकखण्ड हुँदै चल्ने गाडी चापमा चल्नुपर्नेछ । 

मुग्लिनको पुरानो पुल जीर्ण भएकाले त्यहाँ नयाँ ‘आर्क ब्रिज’ बन्दैछ । आर्क ब्रिज छिट्टै सञ्चालनमा आउने पनि सडक विभागले जनाएको छ ।

अन्तिम अपडेट: फागुन १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया