डिजिटल अपराधसम्बन्धी सम्मेलन : प्रविधिको कारणले हुने अपराध अन्...
फागुन १८, २०८१ आइतबार
रुकुम पश्चिम – १२ औं गणतन्त्र दिवसका अवसरमा गणतन्त्र दिवस जिल्ला समारोह समिति रुकुम पश्चिमले उज्यालो सहकर्मी राजु लामिछानेलाई सम्मान गरेको छ ।
नेपालमा गणतन्त्र स्थापना र प्रबर्द्धनमा उज्यालो मिडियाले गरेको योगदानको कदर गर्दै उहाँलाई सम्मानित गरिएको हो । जिल्ला सदरमुकाम मुसिकोटमा बुधबार आयोजित एकसमारोहमा लामिछानेलाई कदर–पत्र प्रदान गरेर सम्मान गरिएको हो ।
उहाँसँगै रेडियो सानीभेरी एफ.एम.की कोपिला बी.एम., आहा सञ्चार साप्ताहिकका मेघराज खड्का र गोरखापत्र दैनिकका सुरेन्द्र खत्रीलाई पनि सम्मान गरिएको छ ।
जिल्ला समन्वय समिति रुकुम पश्चिमका प्रमुख एवं गणतन्त्र दिवस जिल्ला समारोह समितिका अध्यक्ष राजकुमार शर्मा, मुसिकोट नगरपालिकाका प्रमुख देवीलाल गौतम र प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले पत्रकारहरुलाई सम्मान गर्नुभएको हो ।
मुलुकको आर्थिक समृद्धि समाजिक न्यायसँगै समाजवाद स्थापनाका लागि सञ्चार क्षेत्रको प्रभावकारी योगदानको थप अपेक्षा गरेको गणतन्त्र दिवस जिल्ला समारोह समितिका अध्यक्ष राजकुमार शर्माले बताउनुभयो ।
गणतन्त्र दिवसका अवसरमा रुकुम पश्चिममा प्रभात फेरी, औपचारिक समारोह, पत्रकार सम्मान, शहीद परिवार सम्मान, दिपावलीलगायतका कार्यक्रम गरी मनाइएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।