प्रधानमन्त्री ओलीलाई काङनाम विश्वविद्यालयको मानार्थ विद्यावारिधि

 जेठ १५, २०७६ बुधबार १६:७:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीलाई कोरियाको काङनाम विश्वविद्यालयले मानार्थ विद्यावारिधि प्रदान गरेको छ । 

बुधबार काठमाण्डौमा आयोजना गरिएको एक कार्यक्रममा काङनाम विश्वविद्यालयका अध्यक्ष डा. शिनिल युनले प्रधानमन्त्री ओलीलाई राजनीतिक शास्त्रको मानार्थ विद्यावारिधिको उपाधि प्रदान गर्नुभएको हो । लोकतन्त्रको लागि उच्च योगदान गरेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीलाई उपाधि प्रदान गरिएको प्रधानमन्त्री ओलीको निजी सचिवालयले जनाएको  छ । 

उपाधि ग्रहण गर्दै प्रधानमन्त्री ओलीले विश्वविद्यालयले आफूलाई दिएको मानार्थ उपाधि सिँगो देश र जनताको सम्मानको रुपमा आफूले लिएको बताउनुभयो । त्यस अवसरमा प्रधानमन्त्री ओलीले कोरियाको विकासबाट नेपालले धेरै कुरा सिक्न सक्ने पनि स्पष्ट पार्नुभयो ।

प्रधानमन्त्री ओलीले आफू नेतृत्वको सरकारले सही नीति र दृष्टिकोण लिएर अघि बढेकाले मुलुक छोटो समयमै विकसित हुने दावी पनि गर्नुभयो ।

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया