कृषि तथा पशुपंक्षी क्षेत्रमा ३४ अर्ब ८० करोड विनियोजन

 जेठ १५, २०७६ बुधबार १७:१२:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सरकारले कृषि तथा पशुपंक्षी क्षेत्रमा ३४ अर्ब ८० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

अर्थमन्त्री डा.युवराज खतिवडाले बुधबार संघीय संसदमा बजेट प्रस्तुत गर्दै कृषि क्षेत्रको विकास, किसानलाई अनुदान, स्वदेश तथा विदेशबाट फर्केका युवालाई कृषि उद्यमी बनाउन ३४ अर्ब ८० करोड रुपैयाँ बजेट विनियोजन गरेको जानकारी दिनुभयो ।

एक स्थानीय तहमा एक प्राविधिक पुर्‍याउने तथा उखु किसानलाई अनुदान दिने सरकारको उद्देश्य छ । तर सरकारले यस वर्ष पनि प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रमका लागि ८ अर्ब १० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

यो कार्यक्रमले केही पहुँच भएका किसानलाई मात्रै फाइदा पुगेको भन्दै आलोचना समेत हुने गरेको छ । तर यो कार्यक्रमलाई सुधार र परिमार्जित गर्नका लागि ८ अर्ब बढी बजेट छुट्याइएको हो ।

यस्तै सरकारले कृषि क्षेत्रको अनुसन्धानका लागि कृषि तथा वन विश्वविद्यालयलाई अनुसन्धान केन्द्रका रुपमा विकास गर्ने पनि जनाएको छ ।


 

अन्तिम अपडेट: फागुन १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया