औद्योगिक क्षेत्रमा २ अर्ब ८७ करोड बजेट : उदयपुर र हेटौडा सिमेन्ट कारखानाको क्षमता विस्तार गरिने

 जेठ १५, २०७६ बुधबार १७:३०:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सरकारले औद्योगिक क्षेत्रको विकासका लागि २ अर्ब ८७ करोड बजेट विनियोजन गरेको छ । 

सरकारले स्वदेशी उद्योगको विकास र विस्तारका लागि झण्डै तीन अर्ब बजेट विनियोजन गरेको हो । स्वदेशी वस्तुको उत्पादन, विकास, सहकारी र निजी क्षेत्रलाई प्रोत्साहन गर्नका लागि बजेट ल्याइएको अर्थमन्त्री डा.युवराज खतिवडाले जानकारी दिनुभयो । 

सरकारले अन्तर्राष्ट्रिय सभा सम्मेलमा जाँदा स्वदेशी उत्पादन लैजानुपर्ने र प्रचारप्रसारमा सहयोग पुर्‍याउने योजना अघि सारेको छ । 

यस्तै उद्योग स्थापना र विकास गर्नका लागि विद्युत महसुलमा ५० प्रतिशत र बैंकबाट ऋण लिँदा ५ प्रतिशत छुट दिने भएको छ ।

यस्तै उदयपुर र हेटौडा सिमेन्ट कारखानाको क्षमता विस्तार गर्ने बजेटमा उल्लेख छ । उद्योग विकास तथा विस्तारका लागि सडक, ढल, विद्युत प्रसारण लाइनमा विशेष योजना सुरु गर्ने अर्थमन्त्री डा. खतिवडाले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: फागुन १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया