डिजिटल अपराधसम्बन्धी सम्मेलन : प्रविधिको कारणले हुने अपराध अन्...
फागुन १८, २०८१ आइतबार
काठमाण्डौ – सार्वजनिक सेवा पाउन सास्ती भए गुनासो गर्न सञ्चालनमा ल्याएको ‘हेलो सरकार’लाई प्रदेश र स्थानीय तहका गुनासा सुन्ने गरी सरकारले परिमार्जित गर्ने भएको छ ।
बुधबार संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्दै अर्थमन्त्री डा.युवराज खतिवडाले हेलो सरकारलाई परिमार्जन गरेर सबै गुनासालाई सुनेर समस्या समाधान गर्न सक्ने बनाउने बताउनु भएको हो ।
अहिले नागरिकका गुनासालाई हेलो सरकारले सम्बन्धित मन्त्रालयमा पठाउने गरेको छ । तर अब नागरिकका गुनासालाई सुनेर त्यसको समाधानका लागि संघ, प्रदेश र स्थानीय तहसम्म पहल गर्न लगाउनका लागि जनशक्ति थप गरिने अर्थमन्त्री डा.युवराज खतिवडाले जानकारी दिनुभयो ।
केही स्थानीय तह र प्रदेश सरकारले पनि हेलो सरकारजस्तै हेलो मुख्यमन्त्री कार्यक्रम सुरु गरेका छन ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।