डिजिटल अपराधसम्बन्धी सम्मेलन : प्रविधिको कारणले हुने अपराध अन्...
फागुन १८, २०८१ आइतबार
काठमाण्डाै - बिहीबार शेयर बजारको सूचक र कारोबार दुवै उकालो लागेका छन् ।
बुधबार जेठ १५ गते अर्थमन्त्री युवराज खतिवडाले पेश गर्नुभएको आर्थिक वर्ष २०७६–७७ को बजेटमा शेयर काराेबारमा लाग्ने लाभकर ७ दशमलव ५ प्रतिशत बाट ५ प्रतिशतमा घटाइएपछि शेयर बजार उल्लेख्य रुपमा उकालो लागेको हो ।
यसैको फलस्वरुप शेयर बजार खुलेको १० मिनेटमा ३५ दशमलव ६ अंकले बढेर १३४९ विन्दुमा पुगेको थियो भने १८ करोडभन्दा माथि कारोबार भएको थियो ।
प्राय: सबै क्षेत्रका व्यापारीहरुले बजेट सकारात्मक रहेको टिप्पणी गरे भने पूँजीबजारका पाँच वटै मुख्य लगानीकर्ता संघहरु ले पनि विज्ञप्ति नै निकालेर बजेटको प्रशंसा गरे ।
तर डाक्टर युवराज खतिवडाले अर्थ मन्त्रालयको कार्यभार सम्हालेपछि शेयर बजार तथा व्यापारीहरुले खतिवडाको काम कारबाहीलाई लिएर नकारात्मक टिप्पणीमात्र गरेका थिए ।
कारोबार गर्दा व्यक्तिगत खाता नम्बर प्यान अनिवार्य, अनलाइन प्रणालीबाट मात्र शेयर कारोबार गर्नुपर्ने जस्ता प्राबधान ल्याएपछि शेयर बजारका दलाल तथा कारोबारीहरुले त्यसलाई अपरिपक्व र बजार नबुझी कारोबारीलाई दुख दिन ल्याएको जस्ता आक्षेप लगाउन भ्याएका थिए । त्यस्तै धितोपत्र बोर्ड तथा दलालहरुका बीच पनि शीतयुद्ध नै चलेको थियो ।
वर्षभरि नै अर्थमन्त्री खतिवडा र धितोपत्र बोर्डलाई गाली गरेका शेयर दलाल तथा व्यापारीहरुले हिजो प्रस्तुत बजेटको भने खुुलेर प्रशंसा गर्न भ्याए । यसको प्रमुख कारण लाभकरको दर घट्नुलाई नै मान्न सकिन्छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।