रक्सी पिएर विद्यालय जाने शिक्षकलाई नगरपालिकाले गर्‍यो निलम्बन

 जेठ १६, २०७६ बिहीबार १७:४०:४८ | उज्यालो सहकर्मी

खोटाङ – खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले शिक्षकलाई निलम्बन गर्ने निर्णय गरेको छ ।

हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमस्थित रातमाटे प्राविका शिक्षक खेमराज राई र इच्छाराम राईलाई नगर कार्यपालिकाको बिहीबारको बैठकले निलम्बन गर्ने निर्णय गरेको मेयर इवन राईले बताउनुभयो । 

विद्यालयमा नियमित रुपमा हाजिर नहुने, पटक–पटक रक्सी पिएर विद्यालय जाने, व्यवस्थापन समिति र प्रअलाई नटेर्नेलगायतका गैरजिम्मेवार क्रियाकलाप देखाएको भन्दै अभिभावक पटक–पटक डेलिगेसन आएको आधारमा शिक्षा नियमावलीअनुसार निलम्बन गर्नका लागि नगर कार्यपालिकाको बैठकले प्रमुख प्रशासकीय अधिकृतलाई अख्तियारी दिएको छ । 

छानबिनका क्रममा अवकाश दिन नपर्ने अवस्था देखिए पुनः शिक्षकमाथिको निलम्बन फुकुवा हुने प्रमुख प्रशासकीय अधिकृत राजकुमार राईले बताउनुभयो । 
 

अन्तिम अपडेट: फागुन १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया