विपन्न परिवारलाई निःशुल्क विद्युत मिटर वितरण

 जेठ १६, २०७६ बिहिबार १८:४८:५६ | विमल बिष्ट
unn.prixa.net

डोटी - दिपायल सिलगढी नगरपालिकाले नगरपालिका भित्र रहेका विपन्न नागरिकका लागि निःशुल्क विद्युत मिटर वितरण गरेको छ ।

नेपाल विद्युत प्राधिकरण अत्तरियाका क्षेत्रीय प्रमुख सतिसकुमार कर्णले शुभारम्भ गरेकाे कार्यक्रम अन्तरगत वडा नं. २ का ८ जना र वडा नं. ५ का ३ जना गरी जम्मा ११ जनालाई निःशुल्क रुपमा मिटर बक्स प्रदान गरिएको हाे । कार्यक्रममा  प्रमुख अतिथि एवं क्षेत्रीय प्रमुख कर्णले नेपाल विद्युत प्राधिकरणले विद्युत उत्पादन र बिक्री वितरण गर्ने भए पनि सामाजिक दायित्व पनि उत्तिकै भएकाले विपन्न नागरिकलाई निशुल्क सेवा प्रदान गरिएको बताउनुभयो ।

प्राधिकरणले अति विपन्न परिवारका लागि निःशुल्क विद्युतको मिटर, एमसीबी र २ वटासम्म बिजुलीकाे खम्बा वितरण गर्ने तथा साँस्कृतिक महत्व बोकेका सार्वजनिक स्थलमा पनि त्याे सेवा निःशुल्क प्रदान गरिरहेको विद्युत प्राधिकरण डोटी वितरण केन्द्र प्रमुख बुद्धिनाथ झाले बताउनुभयो ।

कार्यक्रममा दिपायल सिलगढी नगरपालिकाका कार्यवाहक नगर प्रमुख शिवराज खड्काले बिजुली बाल्न नपाएर अँध्यारोमा बस्न बाध्य घर परिवारलाई विद्युत प्राधिकरणसँगको समन्वयमा नगरपालिकाले पहलकदमी लिएकाे बताउनुभयो । मिटर, खम्बा र तारले मात्रै नपुग्ने भन्दै खड्काले ट्रान्सफर्मरको उचित व्यवस्था गरी प्रभावकारी रुपमा बत्ती बाल्ने व्यवस्थाका लागि प्राधिकरणसँग आग्रह पनि गर्नुभयो ।

त्यस्तै डोटीको शिखर नगरपालिकामा पनि निःशुल्क मिटर वितरण गरिएको छ । 

 

अन्तिम अपडेट: बैशाख ९, २०८१

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया