सप्तरीमा छुट्टाछुट्टै घटनामा दुई जनाकाे ज्यान गयाे

 जेठ १६, २०७६ बिहिबार २०:१:५७ | शुभनारायण यादव
unn.prixa.net

सप्तरी - सप्तरीको डाक्नेश्वरी नगरपालिकामा बिहीबार साँढेको आक्रमणबाट एक बालिकाको ज्यान गएको छ ।

डाक्नेश्वरी नगरपालिका वडा नं. ७ बस्ने प्रमोद मण्डलको ३ वर्षीया छोरी गुन्जा कुमारी मण्डल आफ्नै घरमा खेलिरहेको अवस्थामा छाडा साँढेले आक्रमण गर्दा  ज्यान गएको हो ।
साँढेले छातीमा कुल्चिँदा घाइते भइ तत्काल उपचारको लागि राजविराजकाे गजेन्द्र नारायण सिंंह सगरमाथा अस्पताल पठाइएको र उपचारकै क्रममा बालिकाकाे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डीएसपी एवं प्रवक्ता भावेश रिमालले जानकारी दिनुभयो ।

यस्तै सप्तरीको कन्चनरुप नगरपालिकामा सर्पको टोकाइबाट बिहीबारै वडा नं.११ बस्ने जोगिन्दर रामको ७ वर्षीय छोरा भुवनेश्वर रामकाे मृत्यु भएको छ ।
सर्पले टोकेर सिकिस्त भएका रामको उपचारको लागि विराटनगरकाे गोल्डेन अस्पताल लगिएको तथा उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।
 

अन्तिम अपडेट: चैत ५, २०८०

शुभनारायण यादव

शुभनारायण यादव सप्तरीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया