डिजिटल अपराधसम्बन्धी सम्मेलन : प्रविधिको कारणले हुने अपराध अन्...
फागुन १८, २०८१ आइतबार
मकवानपुर – प्रदेश नम्बर –३ सरकारले ल्याएको नीति तथा कार्यक्रम शुक्रबार प्रदेश सभामा बहुमतले पारित भएको छ । प्रदेश सभामा यही जेठ १४ गते प्रदेश प्रमुख अनुराधा कोइराला र मुख्यमन्त्री डोरमणि पौडेलले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रम बहुमतले पारित भएको हो ।
नीति तथा कार्यक्रम माथिको छलफलमा बिहीबार र शुक्रबार सांसदहरुले भाग लिएका थिए । छलफलमा भाग लिने सत्तापक्षका सांसदले नीति तथा कार्यक्रम राम्रो भएको बताए पनि प्रतिपक्षलगायतका दलका सांसदहरुले भने नीति तथा कार्यक्रम प्रचारमुखि नारैनारा मात्र आएका बताएका थिए ।
६० जनाभन्दा बढी प्रदेशसभाका सदस्यहरुले नीति तथा कार्यक्रममा भाग लिइसकेपछि शुक्रबार बहुमतले पारित गरिएको हो । प्रतिपक्षी दल नेपाली कांग्रेस विवेकशील नेपाली दल, राप्रपा, राप्रपा प्रजातान्त्रिकलगायतका दलले नीति तथा कार्यक्रम माथि संशोधन प्रस्ताव राखेका थिए ।
तर, त्यो संशोधन प्रस्तावमाथि मुख्यमन्त्री पौडेलले स्पष्ट कार्यान्वयन गर्ने जवाफ नदिएको भन्दै प्रस्ताव फिर्ता नलिएपछि सभामुख श्रेष्ठले बहुमतको आधारमा नीति तथा कार्यक्रम पारित भएको घोषणा गर्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।