विश्वकप क्रिकेट : पाकिस्तानविरुद्ध वेष्ट इन्डिजकाे सहज जित

 जेठ १७, २०७६ शुक्रबार १८:५९:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा वेष्ट इन्डिजले पाकिस्तानमाथि सात विकेटको सहज जित हात पारेको छ ।

नोटिङघममा टस हारेर ब्याटिङको निम्तो पाएको पाकिस्तान २१ ओभर चार बलमा मात्र १०५ रनमा अलआउट भयो । निकै कमजोर ब्याटिङ गरेको पाकिस्तानले १७ रनमा पहिलो विकेट गुमाएको थियो ।

त्यसपछि ३५ रन बनाउँदा दोस्रो विकेट खेर फालेको उसले ४५ रनमा तेस्रो विकेट गुमायो । एकपछि अर्को विकेट गुमाएको पाकिस्तानका कुनै पनि खेलाडीबीच राम्रो साझेदारी हुने सकेन । वेष्ट इन्डिजको बलिङ अगाडि कमजोर देखिएको पाकिस्तानका लागि फकर जमान र बाबर आजमले समान २२–२२ रन बनाउँदा मोहम्मद हफिजले १६ रन जोडे । अन्तिममा वहाब रियाजले १८ रन थपेका थिए ।

पाकिस्तानको पारीलाई ध्वस्त पार्ने क्रममा जेसोन होल्डरले तीन तथा ओसाने थोमसले चार विकेट लिए भने आन्द्रे रसेलले दुई विकेट हात पारे ।

जवाफमा वेष्ट इन्डिजले १३ ओभर ४ बलमा तीन विकेट गुमाउँदै पाकिस्तानविरुद्ध सात विकेटकाे जित हात पार्‍याे । वेष्ट इन्डिजका  क्रिस गेलले ५० तथा शेइ हाेपले ११ रन बनाए । यस्तै निकोलस पुरनले अविजित ३४ रन तथा शिमरन हेटमेयरले ७ रन बनाए ।

पाकिस्तानका लागि बलिङतर्फ माेहम्मद आमिरले तीन विकेट लिए । 

 

अन्तिम अपडेट: बैशाख २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया