डिजिटल अपराधसम्बन्धी सम्मेलन : प्रविधिको कारणले हुने अपराध अन्...
फागुन १८, २०८१ आइतबार
काठमाण्डौ – राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्प प्रभावित जिल्लामा गरेको छुट तथा पुनः जाँच सर्वेक्षणमा अहिलेसम्म झण्डै ३० हजारले गुनासा दर्ता गरेका छन् ।
गएको चैत १५ गतेबाट सञ्चालन भएको छुट तथा पुनःजाँच सर्वेक्षणमा ३२ जिल्लाबाट झण्डै ३० हजार गुनासा आएका हुन् । २०७२ सालको भूकम्पले क्षति गरेको तर अहिलेसम्म पनि विभिन्न कारणले लाभग्राहीमा नपरेको तथा गुनासोकर्ताका लागि छुट तथा पुन:जाँच सर्वेक्षणको अन्तिम समयसिमा जेठ मसान्त तोकिएको छ ।
गएको वैशाख मसान्तसम्म तोकिएको समय एक महिना थप गरिएको थियो । तर अहिले तोकिएको जेठ मसान्तको समयसीमा फेरि थप नहुने राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको छुट तथा पुनःजाँच सर्वेक्षणका समितिका सदस्य सचिव मनोहर घिमिरेले बताउनुभयो । गुनासो फर्स्यौटपछि केही लाभग्राही थपिनेछन् ।
आगामी आर्थिक वर्षको बजेटमा अर्थमन्त्री युवराज खतिवडाले छुट भएका तर वास्तविक लाभग्राहीको पहिचान गरी अनुदान वितरण गर्ने बताउनुभएको छ । वैकल्पिक बासको व्यवस्था भएकालाई सर्वेक्षणमा समावेश नगर्न साथै गैर प्रभावित समावेशका लागि सिफारिस गरेको भेटिए कारबाही हुने पनि प्राधिकरणले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।