डिजिटल अपराधसम्बन्धी सम्मेलन : प्रविधिको कारणले हुने अपराध अन्...
फागुन १८, २०८१ आइतबार
काठमाण्डौ – आज जुन १ तारिख अर्थात् विश्व दूध दिवस ‘प्रशोधित दूध पिऔँ, स्वस्थ र खुशी रहौँ’ भन्ने नाराका साथ नेपालमा पनि मनाइँदैछ ।
दुग्धपानको महत्व बुझाउन विश्व खाद्य संगठनले सन् २००१ देखि जुन १ तारिखमा यो दिवस मनाउने निर्णय गरेको हो भने नेपालले सन् २०११ देखि यो दिवस मनाउन थालेको हो । हरेक नेपालीले वर्षमा ७४ लिटर मात्रै दूध उपभोग गरेको पाइन्छ । तर विश्व स्वास्थ्य संगठनका अनुसार मानव स्वास्थ्यका लागि प्रतिवर्ष प्रतिव्यक्ति ९२ लिटर दूधको आवश्यकता पर्छ । यस अनुसार नेपालमा अझै प्रतिव्यक्ति १७ लिटर दूध अपुग रहेको देखिन्छ ।
दूधमा भिटामिन, चिल्लो पदार्थलगायतका पोषक तत्वका साथै क्याल्सियम पनि हुने भएकाले स्वस्थ रहनका लागि याे आवश्यक मानिन्छ । तर दूध अभावका कारण शहर बजारमा बस्नेले किनेरै खान पनि नपाउने अवस्था छ । दूधजन्य पदार्थ दही, घिउ, पनिर, चिज, आइसक्रिमलगायतको खपत बढेको छ भने आपूर्ति भने कम छ ।
नेपालमा चालु आर्थिक वर्षमा २० लाख ९२ हजार लिटर दूध उत्पादन भएको तथ्यांक छ । नेपालमा उत्पादन हुने दूधमध्ये १७ प्रतिशत मात्रै व्यावसायिक क्षेत्रमा आपूर्ति हुने डेरी उद्योग संघले जनाएको छ । नेपालमा अझै मागअनुसारको दूध उत्पादन हुन सकेको छैन । सरकारले अबको दुई वर्षमा देशलाई दूधमा आत्मनिर्भर बनाउने भन्दै विभिन्न कार्यक्रम गर्दै आएको छ
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।