डिजिटल अपराधसम्बन्धी सम्मेलन : प्रविधिको कारणले हुने अपराध अन्...
फागुन १८, २०८१ आइतबार
काठमाण्डौ – असन चोकमा रहेको पुरातात्विक र ऐतिहासिक महत्वको 'घडीघर' बचाउन हस्ताक्षर संकलन अभियान चलाइएको छ ।
गुठी संस्थानले पुरातात्विक र ऐतिहासिक महत्वको 'असनकोठी' अर्थात 'घडीघर' भत्काएर अत्याधुनिक व्यवसायिक भवन निर्माणका लागि सहकारी संस्थालाई दिने सम्झौता गरेपछि स्थानीयवासी त्यसको विरोधमा उत्रिएका हुन् । गुठी संस्थान अन्तरगत रहेको घडी घरमा १४ परिवार बस्दै आएका छन् ।
अहिले ११ परिवारले घडी घरमा पसल सञ्चालन गरिरहेका छन् भने तीन परिवारले बसोबासको लागि मात्रै प्रयोग गर्दै आइरहेका छन् । 'विसं २०७० साल फागुन ८ गते भाडा तिरुन्जेल सन्तान दरसन्तानले भोगचलन गर्न पाउने गरी हामीहरुसँग करार सम्झौता गरेको गुठीसंस्थानले थाहै नदिई व्यवसायिक प्रयोजनको भवन निर्माणका लागि श्री बज्रयोगिनी बहुउेश्यीय सरकारी संस्थालाई २५ वर्षका लागि दिने सम्झौता गरेपछि हामीहरु आन्दोलनमा उत्रिएका हौँ,' सञ्जिव बज्राचार्यले बताउनुभयो ।
घडी घरको भुइँतलामा अमिताभ बुद्धको मुर्ति रहेको छ । हरेक वर्ष पञ्चदानको अघिल्लो दिन त्यो स्थानमा होम यज्ञ गरेर, भोज खाएर पञ्चदानको दिन शाक्यमुनि बज्राचार्यहरुलाई भिक्षा दिने काम हुँदै आएको छ ।
पुरातत्व विभागले अमिताभ बुद्धको मूर्ति पाँच सय वर्ष पुरानो भएको प्रमाणित गरिसकेकाले विभागको स्वीकृति बिना गुठी संस्थानले ऐतिहासिक महत्वको भवन भत्काउन नपाउने दावी स्थानीयवासीले गरेका छन् । त्यसकै विरोधमा उनीहरु अहिले घडी घर बचाउन हस्ताक्षर संकलनमा जुटेका हुन् ।
घडीघरवासी र असनका स्थानीयले गुठी संस्थानको निर्णयविरुद्ध असनमा विरोध सभा गर्दै आएका छन् । उनीहरुले कुनै पनि अवस्थामा ऐतिहासिक महत्वको घडी घर भत्काउन नदिने भन्दै प्रतिकारमा उत्रने चेतावनी दिएका छन् । घडीघरवासीले विसं १८८५ र १९९० सालमा घर भत्किँदा गुठी संस्थानले ‘तिमीहरु नै बस्ने हो आफैँ मर्मत गर’ भनेकाले आफूहरुले नै मर्मत गरेर बस्दै आएको दावी पनि गरेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।