डिजिटल अपराधसम्बन्धी सम्मेलन : प्रविधिको कारणले हुने अपराध अन्...
फागुन १८, २०८१ आइतबार
भक्तपुर- खानेपानी तथा सरसफाइ मन्त्री विना मगरले सरकारले आउँदाे २०३० सम्ममा देशभरका जनतामा प्रशोधित शुद्ध पानीको पहुँच पुर्याउने लक्ष्य लिएको बताउनु भएको छ ।
शनिबार सूर्यविनायक नगरपालिका वडा नं.८ मा सिपाडोल खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले निर्माण सुरु गरेको ३ लाख लिटर क्षमताको नयाँ पानी ट्यांकीको शिलान्यास गर्दै उहाँले यस्तो बताउनु भएको हो ।
मन्त्री मगरले भन्नुभयो,‘सरकार २०३० सम्म देशभरका जनतालाई प्रशोधित शुद्ध पानी पुर्याउने लक्ष्यका साथ अगाडि बढेको छ, अहिले देशमा २० प्रतिशत जनताले मात्रै शुद्ध पानी पिइरहेका छन्, सरकारले आधारभूत पानीको सुनिश्चितता अब गर्छ ।’
कार्यक्रममा सूर्यविनायक नगरपालिकाले छिटोभन्दा छिटो खानेपानीको पहुँच बढाउँदै एक घर एक धाराको अभियान सञ्चालन गरेर उदाहरणीय कार्य गरेको उहाँले चर्चा गर्नुभयो । सरकारले खानेपानीमा लगानी गरेको तीन वर्षमा सक्नुपर्ने आयोजनाहरु ५ वर्षमा पनि नसकिने र राज्यले पर्याप्त बजेट दिन नसक्दा कयौ आयोजनाहरु अलपत्र अबस्थामा रहनु बिडम्बना भएको बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।