गण्डकीलाई ३१ रनमै अलआउट गरेकाे काेशीकाे पहिलाे जीत
चैत ३, २०८१ आइतबार
काठमाडाैं - सांसदहरुले डाक्टर गोविन्द केसीलाई गैर–न्यायिक नियन्त्रणमा राखेर सरकारले मानवअधिकारको गम्भीर उलंघन गरेको भन्दै सरकारको आलोचना गरेका छन् ।
प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै सांसदहरुले व्यक्तिको आधारभूत स्वास्थ्य सेवा लिन पाउने अधिकार र अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुने गरी डाक्टर केसीलाई नियन्त्रणमा लिने काम भएको भन्दै सरकारको आलोचना गरेका हुन् ।
स्वास्थ्य सेवा र शिक्षामा सुधारका लागि विभिन्न माग राखेर जुम्लामा अनसन बस्न पुगेका डाक्टर केसीलाई हिरासत लिनु र हिरासतमै अनसन बसेकालाई कभर्ड हलमा लगेर छोडेको भन्दै सांसदहरुले मानवअधिकारको प्रत्याभुति गदै डाक्टर केसीको जीवन रक्षा गर्न सरकारसंग माग गरे ।
सांसद भिमसेन दास प्रधानले डाक्टर गोविन्द केसी र गंगामाया अधिकारीको जीवन रक्षाका लागि सरकारको ध्यानाकर्षण गर्नुभयो ।
सांसद भरत कुमार शाहले वीर अस्पतालमा अनसनरत गंगामाया अधिकारीको जीवन रक्षा गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।
सांसद बिमल कुमार श्रीवास्तवले बाढी पहिरोको क्षतिको सदनलाई जानकारी गराउन सरकारसंग माग गुर्नभयो ।
सांसद बिमला नेपालीले इन्धनमा पटक पटक मूल्यवृद्धि भएको भन्दै त्यसले सर्वसाधरण जनतालाई प्रत्येक्ष मार परेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो ।
सांसद महेश बस्नेतले नेपाली सेनाभित्र सबै क्षेत्रमा अनियमितता भएको भन्दै रक्षा मन्त्रालयको ध्यानाकर्षण गराउनुभयो ।
उहाँले प्रमुख सेनानीबाट महासेनानीमा बढुवा गर्दा अनियमिता भएको, मानार्थ उपसेनानी पनि नदिइएको, सकल दर्जालाई गुणस्तरहीन रासन दिईएको तथ्य प्रस्तुत गर्नुभयो ।
साथै उहाँले महिला सेनालाई महिला मैत्री वातावरण उपलब्ध नभएको तथा रासन खरिद लगायतमा अनियमितता भएको दाबी गर्नुभयो ।
सांसद मिन बहादुर विश्वकर्माले विराटनगरको रानीदेखि संखुवासभाको किमाथांका जोड्ने राजमार्ग अन्तर्गत धरानको उत्तरतर्फको बजार भत्कने संभावना भएकाले वैकल्पिक राजमार्गका लागि स्याउती खोलाको किनार प्रयोग गर्ने भनी विगत सरकारले गरेको निर्णयलाई वर्तमान सरकारले रोकेको भन्दै सरकारको गम्भीर ध्यानाकर्षण गराउनुभयो ।
सांसद योगेश भट्टराईले ताप्लेजुङ जिल्लाका अधिकांश सरकारी कार्यालय त्यहाँबाट विथापन गर्ने भन्ने कुरा आईरहेको भन्दै अहिले जिल्लामा कायम भएका कार्यालयहरु यथावत संचालन गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।
सांसद रंगमति शाहीले हिमाली जिल्लामा पनि शिक्षा आयोगको परीक्षा केन्द्रको व्यवस्था गर्न माग गर्नुभयो ।
सांसद राजेन्द्र कुमार केसीले राजधानीका सार्वजनिक जग्गाहरु अतिक्रमणको चपेटामा परेको भन्दै संरक्षण गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।
उहाँले त्यस्तै अतिक्रमणको चपेटामा परेको त्रिभुवन पार्कलाई तत्काल स्थानीय सरकारलाई हस्तान्तरण गर्न उहाँले सरकारसँग माग गर्नुभयो ।
डाक्टर केसीलाई बाँच्ने अधिकारबाट बन्चित गरेको भन्दै उहाँको स्वास्थ्य सेवा लिन पाउने नागरिकको अधिकार प्रत्याभुत गरी जीवन रक्षा गर्न माग गर्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।