चिया बगानको जग्गा ३३ वर्षपछि सरकारको स्वामित्वमा
मंसिर ७, २०८१ शुक्रबार
चितवन – त्रिशूली नदी किनारमा ढुंगा गिटी उत्खननका विषयमा जनगुनासो बढेपछि चितवन जिल्ला समन्वय समितिले अनुगमन बढाएको छ ।
नदीजन्य पदार्थ उत्खननका लागि ठेक्कामा लगाइएका खोला क्षेत्र अनुगमन गर्दा जता हेर्यो उतै समस्या देखिएको छ । तोकिएको मापदण्ड विपरीत उत्खनन् गर्ने, जंगल क्षेत्रमा डम्पीङ्ग गर्ने, दर्ता नै नगरी क्रसर चलाउने जस्ता अवैध काम भएको पाइएको छ ।
गएको आइतबार जिल्ला समन्वय समितिको नेतृत्वमा गएको अनुगमन टोलीले त्रिशूली नदीको किनार क्षेत्रको अवलोकन र अनुगमन गरेको थियो । अनुगमनको क्रममा टोलीले अन्धाधुन्ध डम्पीङ्ग गरिएको क्षेत्र फेला पारेको थियो । नारायणी नदीको बहाव नै परिवर्तन हुने गरी उत्खनन गरेको भेटिएको जिल्ला समन्वय समितिका प्रमुख कृष्णकुमार डल्लाकोटीले बताउनुभयो ।
मुग्लिन-नारायणगढ सडकखण्डको छेउभागबाटै त्रिशूली नदी किनारतर्फ ढुंगा गिटी जम्मा गरिँदै लगिएको छ । यद्दपि नदी, राजमार्ग आसपास क्षेत्रमा जम्मा गर्न नियमले पाइँदैन । अनुमति नै नलिइकन क्रसर उद्योगको संरचना बनाउन थालिएको भेटिएपछि तत्काल काम रोक्न निर्देशन दिएको समितिका प्रमुख डल्लाकोटीले बताउनुभयो ।
मुग्लिन-नारायणगढ सडक आयोजनाले प्रयोग गरेको क्रसरलाई आयोजना सकिएपछि पनि अहिले अर्को ठेकदारले प्रयोगमा ल्याइरहेका छन् । क्रसर उद्योगका लागि जम्मा गरिएको डम्पिङ बारे थप अनुसन्धानका लागि सम्बन्धित ठेकदारलाई बोलाएको प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले जानकारी दिनुभयो । ‘मनपरी कच्चा पदार्थ डम्पिङ गरिएको र दर्ता नै नगरी क्रसर उद्योगको संरचना बनाएको पाइएकोले सबै काम रोक्न लगाइएको छ,’ उहाँले भन्नुभयो ।
जुगेडीनजिक राजमार्गबाट त्रिशूली नदीतर्फ एउटा क्रसर उद्योग सञ्चालनमा रहेको छ । प्रहरीले भने सुरुमा त्यो क्रसर बन्द रहेको जानकारी दिएको थियो । स्थानीय प्रहरी प्रशासनले प्रमुख जिल्ला अधिकारी र अन्य अनुगमनकर्तालाई क्रसर बन्द रहेको गलत जानकारी दिएको कुरा पनि पत्ता लागेको छ । दर्ता नगरी सञ्चालन भैरहेको क्रसर उद्योग बन्द गरिएको छ । अनुगमन टोलीले त्यो क्रसर उद्योगको गेटमै ताला लगाइदिएको छ । अनुगमन टोलीले जुगेडीको क्रसर उद्योगबाट दुई जनालाई नियन्त्रणमा पनि लिएको छ । ‘गलत काम गरेको र उल्टै प्रशासनसँग भनाभन गरी गलत जानकारी दिएको हुँदा उनीहरुलाई गिरफ्तार गरिएको हो,’ अनुगमनमा सहभागी जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी नायब उपरीक्षक दिपेन्द्र शाहले जानकारी दिनुभयो ।
त्रिशूली नदी अन्तर्गत ठिमूरा क्षेत्रमा भरतपुर महानगरले ठेक्का लगाएको हो । तोकिएको मापदण्ड विपरीत नदीको बहाव नै परिवर्तन हुने गरी उत्खनन् भैरहेको पाइएपछि दुई वटा एक्साभेटरको चाबी नियन्त्रणमा लिइएको छ । त्यस्तै त्रिशूली नदीमा उत्खनन गरिएको ठाउँबाट एक जनालाई गिरफ्तार गरिएको छ । यस अघि खगेडी, थाङ, स्याङदी र वुङ खोला अनुगमनका क्रममा पाँच जनालाई गिरफ्तार गरिएको थियो । प्रशासनले तीन फरक ठेकदारलाई डेढ लाख जरिवाना तिराएर आइतबार छाडेको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
राधेश्याम खतिवडा उज्यालोका चितवन सहकर्मी र नेपाल पत्रकार महासंघ चितवन शाखाका पूर्व अध्यक्ष हुनुहुन्छ ।