सरकारी षड्यन्त्रमै साेलुखुम्बु प्रहरी चौकी आक्रमणको प्रयास भयाे भन्ने समाचार आयाे : प्रकाण्ड

 जेठ २०, २०७६ सोमबार १८:३७:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले सुरक्षा निकायमाथि आक्रमण गर्ने पार्टीको कुनै नीति नभएको स्पष्ट पारेको छ ।

पार्टीका प्रवक्ता खड्गप्रसाद विश्वकर्मा ‘प्रकाण्डले’ जारी गरेको विज्ञप्तिमा सोलुखुम्बुमा आफ्नो पार्टीले प्रहरी चौकीमा आक्रमणको प्रयास गरेको भन्ने समाचारमा सत्यता नभएको पनि दावी गरिएको छ ।  

‘सोलुखुम्बुमा हाम्रो पार्टीद्वारा प्रहरी चौकीमा आक्रमण भएको भन्ने नियोजित र षड्यन्त्रपूर्ण प्रचारबाजीप्रति हाम्रो ध्यानाकर्षण भएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘सुरक्षा निकायमाथि आक्रमण गर्ने पार्टीको कुनै नीति नभएको र त्यसप्रकारको कुनै घटना पनि नभएको स्पष्ट पार्न चाहन्छौँ ।’

पार्टीलाई दमन गर्न सरकारी षड्यन्त्र अनुरुप नै यस्ता खालका खबरहरु फैलाएको पनि उसको दावी छ । 

याे पनि पढ्नुहाेस् 

सोलुखुम्बुमा प्रहरी चौकी आक्रमण प्रयास हल्ला मात्र : गृह प्रवक्ता

सोलुखुम्बुमा प्रहरी चौकी आक्रमण गर्ने विप्लव समूहको प्रयास असफल

 

अन्तिम अपडेट: फागुन १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया