अष्ट्रेलियाकी पौडी खेलाडी एम्मा म्याकेनद्वारा सन्न्यासको घोषणा
मंसिर १०, २०८१ सोमबार
पर्वत – तीन महिनाको अन्तरालमा ९ जना एचआईभी संक्रमितको ज्यान गएको छ ।
भर्खरै सार्वजनिक गरिएको एक तथ्याङ्क अनुसार पर्वतमा रहेका एचआईभी संक्रमित एक सय आठ जना मध्ये ९ जना संक्रमितको ज्यान गएको हो । एचआईभी संक्रमितहरुको क्षेत्रमा काम गर्ने संस्था कम्युनिटी सपोर्ट गु्रुप नेपाल पर्वतले सार्वजनिक गरेको तथ्याङ्क अनुसार अंग्रेजी महिनाको मार्चदेखि मेसम्म ९ जना एजआईभी संक्रमितको ज्यान गएको हो ।
एचआईभी संक्रमितहरु खुल्ने क्रम बढेसँगै मृत्यु हुनेको सङ्ख्या पनि बढेको हो । सेभ द चिल्ड्रेलको आर्थिक सहयोगमा ‘द ग्लोबल फण्ड एचआईभी’ कार्यक्रम सञ्चालन गरेको संस्थाले सन् २०१८ मार्चदेखि पर्वतमा एचआईभी संक्रमितको क्षेत्रमा काम गर्न सुरु गरेको हो ।
कामको सुरुवातसँगै पर्वतमा एक सय आठ एचआईभी संक्रमित भेटिएको र संक्रमितमध्ये सात जना पुरुष र दुईजना महिलासहित ९ जनाको मृत्यु भएको संस्थाका कार्यक्रम व्यवस्थापक प्रेम केसीले जानकारी दिनुभयो ।
सम्पर्कमा आएका संक्रमितमध्ये सात जना बालबालिका रहेका छन् भने ६ जना प्रवासी रहेका छन् । दुई नगरपालिका र ५ गाउँपालिकासहित सात स्थानीय तह रहेको पर्वतमा सबै स्थानीय तहमा एचआईभी संक्रमित व्यक्ति रहेका छन् । स्थानीय तह अनुसार कुश्मा नगरपालिकामा ३७, फलेवास नगरपालिकामा २०, जलजला गाउँपालिकामा १०, महासिला गाउँपालिकामा सात, मोदी गाउँपालिकामा १६, पैञ्यू गाउँपालिकामा दुई र बिहादी गाउँपालिकामा ३ जना एचआईभी संक्रमित रहेका छन् ।
संस्थाले सेवा सुरु गरेपछि एचआईभी प्रतिरोधात्मक औषधि एआरटी, भाइरल लोडलगायत ७३ जनाले निरन्तर सेवा लिएको संस्थाले जानकारी दिएको छ । सम्पर्कमा आएका संक्रमितहरुलाई पहिचान गरी संस्थाले दुई जनालाई आयआर्जनका लागि समेत सहयोग गरेको छ ।
कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय पर्वतका प्रमुख डाक्टर बुद्धिबहादुर थापाले एचआईभी संक्रमणले भयावह रुप लिइरहेको बताउँदै यसको संक्रमणलाई रोक्न सबैले आ–आफ्ना तर्फबाट आवश्यक पहल गर्न अनुरोध गर्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
पर्वतका उज्यालो सहकर्मी सन्तोष थापा त्यहाँको स्थानीय पत्रिकामा पनि काम गर्नुहुन्छ ।