बंगालमा बस्न चाहनेले बंगाली भाषा बोल्नुपर्छ : मुख्यमन्त्री ममता बनर्जी

 जेठ ३२, २०७६ शनिबार १४:५१:४४ | एजेन्सी
unn.prixa.net

सधैँजसो विवादमा आइरहने पश्चिम बंगालकी मुख्यमन्त्री तथा भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीकाे कटुआलाेचक ममता बनर्जीले फेरि एक पटक विवादित बयान दिएकी छिन् ।

शुक्रबार उत्तर १४ परगना जिल्लाको एक र्‍यालीमा बंगालमा बाहिरबाट आउनेले बंगाली भाषा बोल्नुपर्ने बताएकी छिन् । उनले भनिन्, ‘हामी जब दिल्ली जान्छौँ हिन्दी बोल्छौँ, जब पञ्जाब जान्छौँ पञ्जाबी बोल्नुपर्छ, जब म तमिलनाडु जान्छु तब नजाने पनि केही तमिल शब्द बोल्छु, यसरी नै बंगाल आउने सबैले बंगाली बोल्नुपर्छ ।’

पश्चिम बंगालमा चलिरहेको डाक्टरहरुको आन्दोलनलाई बाहिरका मानिसहरुले भड्काएको उनको भनाइ छ । ‘म आफैले बिहीबार केही बाहिरका मानिसहरुले एसएसकेएम अस्पतालमा नारा लगाइरहेको देखेँको थिएँ ।’

तर भारतीय जनता पार्टीका महासचिव र बंगाल प्रभारी कैलाश विजयवर्गीयले भने राज्यमा डाक्टरहरु सुरक्षित नरहेको बताएका छन् । 

पश्चिम बंगालमा डाक्टरहरुमाथि भएको आक्रमणपछि विभिन्न राज्यका डाक्टरहरु हड्तालमा उत्रिएका छन् । 

अन्तिम अपडेट: मंसिर ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया