टेस्लाको नाफा घटेपछि मस्कले ट्रम्पको प्रशासनमा आफ्नो भूमिका घटाउने

 वैशाख १०, २०८२ बुधबार १५:१२:५ | एजेन्सी
unn.prixa.net

फाइल तस्वीर, एजेन्सी

वर्षको पहिलो तीन महिनामा कम्पनीको नाफा र राजस्व घटेपछि टेस्ला कम्पनीका प्रमुख एवम् अमेरिकी अर्बपति एलन मस्कले राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनमा आफ्नो भूमिका घटाउने बताउनुभएको छ ।

मस्क ह्वाइट हाउसमा विशेष पदमा नियुक्त भएपछि विद्युतीय कार निर्माता कम्पनी टेस्लाको बिक्री घटेको र कम्पनीले आलोचनाको सामना गर्नुपरेको बीबीसीले जनाएको छ ।

टेस्लाले सार्वजनिक गरेको सन् २०२५ को पहिलो त्रैमासिक प्रतिवेदनमा ‘अटोमोटिभ’ अर्थात् मोटरगाडीसँग सम्बन्धित आम्दानी गएको वर्षको त्यही अवधिको तुलनामा २० प्रतिशतले घटेको उल्लेख छ । यस्तै नाफा ७० प्रतिशतभन्दा धेरैले घटेको छ । मस्कले आफ्नो ध्यान कम्पनीबाट हटेको स्वीकार गर्नुभएको खबरमा उल्लेख छ ।

राष्ट्रपति चुनावमा मस्कले ट्रम्पलाई आर्थिक सहयोगसहित चुनावी अभियानमा पनि सहभागी हुनुभएको थियो । अहिले मस्कले सङ्घीय खर्च कटौती गर्न र सरकारी कार्यबल घटाउन ट्रम्पको सरकारी दक्षता विभागको नेतृत्व गरिरहनुभएको छ ।

मस्कको राजनीतिक संलग्नताले विश्वभर टेस्लाको विरोध र बहिष्कारको अवस्था निम्त्याएको छ ।

अन्तिम अपडेट: बैशाख १०, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया