अमेरिका, फ्रान्स र माल्टा पठाइदिने भन्दै १ कराेडभन्दा धेरै ठगी गर्ने ४ जना पक्राउ

 वैशाख १०, २०८२ बुधबार १५:१२:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

साङ्केतिक तस्वीर

काठमाण्डाै – वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिने भन्दै एक करोड १६ लाख आठ हजार रुपैयाँ ठगी गर्ने चार जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा रुकुम पश्चिमको बाँफिकोट नगरपालिका–१३ का ३८ वर्षीय आदर्श केसी, ललितपुरको गोदावरी नगरपालिका–३ की २७ वर्षीया बिनिता पुरी, रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–७ का ३८ वर्षीय इन्द्रकुमार रोकाय र काभ्रेको चौंरीदेउराली गाउँपालिका–६ की ३२ वर्षीया तारा गिरी रहेका छन् ।

आदर्शले अमेरिका पठाइदिने भन्दै तीन जनाबाट ९२ लाख, इन्द्रकुमारले फ्रान्स पठाइदिने भन्दै एक जनाबाट आठ लाख तथा बिनिता र ताराले माल्टा पठाइदिने भन्दै चार जनाबाट १६ लाख आठ हजार रुपैयाँ लिएर सम्पर्कविहीन भएका नेपाल प्रहरीको काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

उनीहरूलाई काठमाण्डौ उपत्यकाका विभिन्न ठाउँबाट पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको कार्यालयका प्रहरी उपरीक्षक मनोहरप्रसाद भट्टले बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख १०, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया