माइतीघर मण्डलामा प्रदर्शन गर्न पाउनुपर्ने भन्दै सर्वोच्चमा रिट दर्ता

 असार २१, २०७५ बिहीबार १७:५६:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – काठमाडौंको माइतीघर मण्डलालगायतका ठाउँलाई निषेधित क्षेत्र घोषणा गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । 

अधिवक्ता दिनेश त्रिपाठीले सरकारको निर्णय बदर गर्न माग गर्दै आज सर्वोच्चमा रिट निवेदन दर्ता गर्नु भएको हो । सरकारले संविधान विपरीत नागरिकको अधिकार र स्वतन्त्रतालाई कुण्ठित पार्न खोजेको भन्दै सार्वजनिक ठाँउमा प्रदर्शन गर्न पाउनुपर्ने माग गर्दै अधिवक्ता त्रिपाठीले रिट निवेदन दर्ता गरेको जानकारी दिनुभयो । 

त्रिपाठीले दायर गरेको रिटमा सर्वोच्चले भोलि नै पेसी तोेकेको छ । सरकारले खुलामञ्च, तीनकुने खुला चौर, कोटेश्वर, भुइँले चौर, भगवान पाउ, पेप्सीकोला खेलमैदान, सानो गौचरण फुटबल मैदान, लैनचौर समाज कल्याण परिषद् अगाडिको खुला स्थान र सिफल चौर, गौशालामा मात्रै प्रदर्शन गर्ने ठाउँ तोकेपछि यसको चौतर्फी आलोचना भइरहेको छ ।
 

अन्तिम अपडेट: चैत ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया