विश्वकप क्रिकेट : भारतले दियाे पाकिस्तानलाई ३३७ रनकाे लक्ष्य

 असार १, २०७६ आइतबार २०:६:६ | उज्यालो सहकर्मी
unn.prixa.net

आईसीसी विश्वकपको हाई भोल्टेज गेममा भारत र चिरपरिचित प्रतिद्वन्द्वी पाकिस्तानलाई ३३७ रनको लक्ष्य दिएको छ ।

४६।४ ओभरमा ४ विकेट गुमाएर ३०४ रन बनाएका बेला पानी परेपछि आधा घण्टासम्म स्थगित भएको खेल फेरि सुरु भएको थियो । वर्षा हुँदा ७१ रन बनाएर क्रिजमा रहेका कप्तान विराट कोहली खेल सुरु भएपछि व्यक्तिगत खातामा ६ रन थप्दै ७७ रन बनाएर आउट भए । कोहली आउट हुँदा भारतको स्कोर ५ विकेटको नोक्सानीमा ३१४ रन रहेको थियो ।

म्यानचेस्टरको ओल्ड ट्राफोर्डमा टस हारेर पहिला ब्याटिङ गरेको भारतले उत्कृष्ट शुरुआत ग¥यो । भारतका रोहित शर्माले शतक बनाउँदा अर्का ओपनर केएल राहुल र कप्तान विराट कोहलीले अर्धशतक बनाए ।

भारतीय नियमित ओपनर शिखर धवन अस्ट्रेलियाविरुद्धको खेलमा घाइते भएपछि उनको ठाउँमा राहुलले ओपनिङ गरेका थिए । रोहितलाई गतिलो साथ दिएका राहुलले अर्धशतक बनाउँदै आउट हुँदा भारतले १३६ रन बनाएको थियो । ७८ बल खेल्दै ५७ रन बनाएका राहुल वहाब रियाज को बलमा बाबर आजमको हातबाट क्याच आउट भए । राहुलले आफ्नो इनिङमा ३ चौका र २ छक्का प्रहार गरे ।

राहुल आउट भएपछि मैदान आएका कप्तान विराट कोहली र रोहित मिलेर भारतको स्कोर २३४ रन पुर्याएका थिए । ९८ रनको साझेदारी गरेपछि भारतको स्कोर कार्ड ठूलो बनेको थियो । जसमा रोहित १४० रन बनाएर आउट भए । आक्रामक पारि खेलेका रोहितले ११३ बलमा १४ चौका र ३ छक्काको मद्दतले १४० रन जोडेका हुन् ।

उनले शतक भने ८५ बलमा पूरा गरेका थिए । शतक बनाउँदा ९ चौका र ३ छक्का प्रहार गरेका थिए । बाँकी ४० रन बनाउँदा छक्का प्रहार गर्न नसेके पनि ५ चौका भने थप्न सफल भए ।

केएल राहुल ओपनिङ आएपछि चौथो नम्बरमा अल राउण्डर हार्दिक पाण्ड्याले २६ रनको योगदान गरे । उनले आफ्नो इनिङ्समा २ चौका र १ छक्का प्रहार गरे ।

पाण्ड्या आउट भएपछि विकेट किपर व्याट्सम्यान महेन्द्रसिंह धोनी क्रिजमा आएका थिए । तर धोनी क्रिजमा भने टिक्न सकेनन् । उनी जम्मा १ रन बनाएर आउट भए । पाँचौँ विकेटको रुपमा कोहली ७७ रन बनाएर आउट भए । त्यसपछि क्रिजमा रहेका विजय शंकर र केदार जाधवले स्कोर कार्ड ३३६ सम्म पुर्याए ।
विजय शंकर १५ रनमा नट आउट रहँदा केदार जाधव ९रनमा नट आउट रहे ।

पाकिस्तानका मोहम्मद आमिरले ३ विकेट लिँदा हसन अलि र वहाब रियाजले एक एक विकेट लिए ।

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया