कांग्रेस अलि बढी आत्तियो : ओली

 जेठ ५, २०७५ शनिबार १८:५९:४० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं, जेठ ५ – प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकलाई अघि बढाउन अनुकूल भूमिका खेल्न सक्ने औचित्यका आधारमा संविधान संशोधन गरिने बताउनुभयो ।

पार्टी एकीकरणपछि शनिबार संघीय संसद भवन नयाँ बानेश्वरमा बसेको संसदीय दलको पहिलो एकिकृत बैठकमा नेकपाका अध्यक्ष प्रधानमन्त्री ओलीले मुलुकलाई अघि बढाउने सवालमा संविधान संशोधन हुने बताउनुभएको हो ।

उहाँले राष्ट्र विकासको साझा संकल्प पूरा गर्ने सवालमा संविधान संशोधन गरिने बताउनुभयो । ओलीले राष्ट्रियता, सार्वभौमसत्ता, स्वाधीनतालगायत आन्तरिक मामिलामा स्वतन्त्र राष्ट्रको हैसियतको सरकारले काम गर्ने स्पष्ट पार्नुभयो । अरुबाट नियन्त्रित र निर्देशित भएर सरकार नचल्ने भन्दै उहाँले राष्ट्रिय स्वभिमानमा आँच आउन नदिने पनि स्पष्ट पार्नुभयो । 

समानताका आधारमा छिमेकी राष्ट्रसँगको सम्बन्ध कायम रहने उल्लेख गर्दै उहाँले लामो समयदेखि विराटनगरमा भारत सरकारले स्थापना गरेको सम्पर्क कार्यालय अब नरहने विश्वास दिलाउनुभयो ।

सबै दृष्टिले सबैभन्दा ठूलो लोकतान्त्रिक पार्टी नेकपा भएको भन्दै उहाँले नेपाली कांग्रेसलाई नआत्तिन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘नेपाली कांग्रेस अलि बढी आत्तियो । नेपाली कांग्रेस आत्तिनु पर्दैन । नेपालमा सबैभन्दा बढी डेमोक्रेटिक पार्टी नेकपा भएको छ । त्यसैले अध्यक्ष पनि दुईवटा भएका छन् ।’

उहाँले विपक्षीलाई दमन गर्न र अनुचित ढंगले प्रयोग गर्नका लागि शक्ति आर्जन नगरेको स्पष्ट पार्नुभयो । नेकपाले पाएकोे ब्रह्मास्त्र अनुचित स्थानमा प्रयोग नहुने उहाँले स्पष्ट पार्नुभयो ।

पछाडि परेका समुदायलाई अगाडि ल्याउन सरकारले विशेष नीति बनाएको उल्लेख गर्दे उहाँले विकासका उद्देश्यलाई साकार पार्ने गरी  सरकारको नीति तथा कार्यक्रम आउने बताउनुभयो ।

अन्तिम अपडेट: चैत ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया