सुनको भाउ बढेपछि किन्नेभन्दा बेच्ने धेरै

 असार ७, २०७६ शनिबार ८:२७:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाली बजारमा सुनको भाउ बढेसँगै सर्वसाधारणहरु सुन किन्नभन्दा बेच्न लागेका छन् ।

शुक्रबार नेपाली बजारमा सुनको भाउ अहिलेसम्मकै महंगो तोलाको ६५ हजार पुगेपछि आफूसँग भएकाे सुन बिक्री गर्नेको संख्या बढेको हो ।

मूल्य बढेको मौकालाई अवसरका रुपमा लिनेले आफूसँग भएको सुन बेच्ने गरेका छन् । सिजन पनि नहुनु र भाउ पनि महंगो हुँदा बजारमा कारोबार ठप्प जस्तै रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष माणिकरत्न शाक्यले बताउनुभयो ।

अहिले सुनका गहना किन्ने भन्दा पनि बेच्न खोज्नेको संख्या बढी रहेको उहाँको भनाइ छ । सुनको मूल्य बढेपछि बिक्रीमा भने कमी आएको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेका कारण नेपाली बजार प्रभावित भएको हो । बजारमाग दुई दिनमै घटेको छ ।

 यसअघि दैनिक २५-३० किलोसम्म कारोबार हुने गरेकोमा अहिले दैनिक २० किलो पनि कारोबार नभएको शाक्यले बताउनुभयो । शाक्यका अनुसार मूल्य अझै बढ्ने अनुमान छ । सुन किन्नुपर्ने वा बेच्नुपर्ने उपभोक्तालाई आवश्यकताअनुसार किनबेच गर्न पनि उहाँले आग्रह गर्नुभएको छ ।

अन्तिम अपडेट: फागुन १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया