रुपन्देहीमा गोली हानी एक जनाको हत्या
फागुन १७, २०८१ शनिबार
भक्तपुर – पूर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले नेपाल मजदुर किसान पार्टीलाई अधिनायकवादको संस्कार त्याग्न आग्रह गर्नुभएको छ ।
शनिबार भक्तपुरको सृजनानगरमा श्रमजीवी महिला तथा बाल कल्याण परिषदले सञ्चालन गरेको भ्याली हेल्थ एण्ड रिसर्च सेन्टरको १६ औं वार्षिकोत्सवको अवसरमा नेता नेपालले यस्तो बताउनुभएको हो ।
सप्ताहव्यापी स्वास्थ्यसम्बन्धी अभिमूखीकरण एवं पाठेघरको परीक्षण शिविरको उद्घाटन गर्दै नेपालले भन्नुभयो, ‘नारायणमान बिजुक्छेजी ! अधिनायकवादको संस्कार कार्यकर्तालाई नदिनुस्, अहंकार, दमनकारी, दास प्रवृत्तिले हुर्किँदै गए त्यसको परिणाम विस्थापन नै हो, त्यो बाटोतिर नलाग्नुस् ।’
आफ्ना प्रतिपक्षलाई पनि उत्तिकै सम्मान गरे मात्र आफ्नो पार्टी दिगो रहने बताउँदै उहाँले एकाधिकार कायम गर्ने, दम्भको घोडामा हिँड्ने र अरुको मुख बन्द गराउन खोजे आफै समाप्त हुने धारणा राख्नुभयो ।
नेता नेपालले सरकार विज्ञान र प्रविधिको अधिकतम प्रयोग गर्दै स्वास्थ्य, कृषि, वातावरण, शिक्षा, उत्पादन, बजारीकरण जस्ता जुनसुकै क्षेत्रको सूचना प्रवाह र जनचेतना फैलाउन अग्रसर रहेको बताउनुभयो ।
साथै धुँवा, धुलो, पानी, खानेकुरा, तेल, तरकारी जुनसुकै क्षेत्रमा पनि स्वाथ्यलाई हानी पुर्याउने तत्वहरु रहेको बताउँदै उहाँले अहिले प्रत्येक मानिस पाइलै पिच्छे रोग कुल्चेर हिँडिरहेको र रोगबाट बच्न सजग रहन जोड दिनुभयो ।
स्वास्थ्य क्षेत्रमा योगदान पुर्याएबापत नेता नेपालले सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापालाई कदर पत्रले सम्मान गर्नुभयो ।
एक हप्तासम्म सञ्चालन हुने शिविरमा निःशुल्क पाठेघर परीक्षण, परामर्श, ल्याब टेष्ट र औषधि वितरण गरिने संस्थाकी अध्यक्ष रञ्जु नापितले जानकारी दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Rakesh
June 27, 2019, 6:51 p.m.मदन भण्डारीको असामयिक निधन वा हत्यापछि वाइचान्सले नेकपा एमालेको महासचिव हुनपुगेका माधव नेपालले कसबाट नेमकिपाको अधिनायकवाद चाल पाए आश्चर्यको विषय हो । नेमकिपाका नेता कार्यकर्ताहरूले न कहिल्यै जनतामाथि अनिवार्य उपस्थितिको उर्दी जारी गरेर कार्यक्रममा लगेका छन् न त धाकधम्की देखाएर चन्दा असुली गरेका छन् । नेमकिपाले न कहिल्यै युथफोर्स बनाएर गुण्डागर्दी गरेका छन् न ठेक्कापट्टा आफ्नै मानिसलाई चाहिन्छ भनी कतै दबाब दिएका छन् । नेमकिपा पुँजीवादी सरकारमा गएको पनि छैन, उसले जनअधिकार खोस्ने कालो विधेयक ल्याएको पनि छैन । माकुनेले आरोप लगाएजस्तो नेमकिपाले कहिल्यै कसैको मुख थुनेको वा थुन्न लगाएको छैन । हो, एमालेलाई ठूलो पार्टी बनाउन राजा महेन्द्रका दाहिने हात दामोदर शमशेरले सहयोग गरेजस्तै नेमकिपालाई कुनै निरङ्कुश राजा र दरबारियाहरूले सहयोग दिएनन् । पूर्व एमाले र माओवादीको इतिहास राजनीतिक रुपमा सचेत जनतालाई सम्झाइरहनुपर्दैन । व्यक्तिहत्याको खोटो सिद्धान्त बोकेर उदाएको एमालेको नेतृत्वले सधैं देश र जनताको हितभन्दा दलगत र व्यक्तिगत स्वार्थलाई पहिलो प्राथमिकतामा राखेको थियो र छ पनि । त्यसैले लोकेन्द्रबहादुर चन्दजस्ता पञ्चायतका अवशेषको नेतृत्वमा सरकारमा पनि गयो, जनअधिकार खोस्ने कालो विधेयक ल्यायो, पछि प्रतिगमन आधा सच्चियो भनेर राजा ज्ञानेन्द्रको अधिनायकवादलाई पनि समर्थन गर्न पुग्यो । दाम चढाएर अधिनायकवादी राजालाई ढोग्नेमध्ये माकुने स्वयम् नै हुन् । एमाले अधिनायकवादसित घाँटी जोड्न पुग्दा माकुनेकै नेतृत्व थियो । आज आएर नेमकिपाको अधिनायकवाद देख्ने माकुनेको अभिव्यक्ति उनको दृष्टिदोष हो ।