रुपन्देहीमा गोली हानी एक जनाको हत्या
फागुन १७, २०८१ शनिबार
काठमाण्डौ – राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले इन्काउण्टरको संस्कृति विकास हुँदै जाँदा कानुनी राज्यको उपहास हुने भन्दै सरकार र मातहतका निकायलाई त्यसतर्फ सचेत बन्न सुझाव दिनुभएको छ ।
आयोगले शनिबार काठमाण्डौमा गरेको कार्यक्रममा उहाँले पछिल्लो समय इन्काउण्टर संस्कृति विकास हुँदै गएकोमा चिन्ता व्यक्त गर्नुभएको हो । कुनै पनि आपराधिक घटनामा संलग्न व्यक्तिलाई नियन्त्रणमा लिई अनुसन्धान गरी अपराध प्रमाणित गर्नुपर्ने हो तर त्यसो नभएको उहाँकाे गुनासाे छ ।
'प्रहरीले आफ्नो सजिलोका लागि इन्काउण्टर शब्द प्रयोग गरी व्यक्ति हत्या गर्ने प्रवृति बढ्दै जाँदा त्यसले कानुनको उपहास गर्ने उहाँको भनाइ छ, उहाँले भन्नुभयो, 'इन्काउण्टर संस्कृतिको विकास भो भने कानुनी राज्यको उपहास गर्छ ।'
चरी, घैँटे र भक्तपुरका बालक अपहरणपछि हत्यामा संलग्न दुई जनाको इन्काउण्टरमा मृत्यु भएको घटनालाई आयोगले अध्ययन गरिररहेको पनि उहाँले स्पष्ट पार्नुभयो । पछिल्लो समय नेत्र विक्रम चन्द समूहका सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेलको प्रहरीको इन्काउण्टरमा मृत्यु भएको थियाे ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।