काठमाण्डौमा सार्वजनिक ठाउँमा फोहर फाल्नेलाई ५ देखि १५ हजार र...
फागुन १७, २०८१ शनिबार
रसुवा - पासाङ ल्हामु मार्गको रसुवा खण्डमा शनिबारदेखि ठूला सवारी सञ्चालनमा रोक लगाइएको छ । हलुका गाडीलाई पनि मुख्य सडकबाट डाइभर्सन गरेर बनुवा घुम्ती हुँदै कालिकास्थान पठाइएको छ ।
सडक खण्ड अन्तर्गत कालिका गाउँपालिका–३, इँटपारेमा कल्भर्ट मर्मतको काम सुरु भएकाले ठूला गाडी सञ्चालनमा रोक लगाइएको हो । तीन दिनका लागि सडक बन्द गरिएको डिभिजन सडक कार्यालय नुवाकोटले जनाएको छ ।
ठूला गाडीले अबकाे तीन दिन बेत्रावती–धुन्चे–बाह्रघुम्ती सडक खण्डको विकल्पमा मैलुङ–स्याफ्रुबेसी सडक खण्ड प्रयोग गर्न सक्नेछन् भने आइतबार बेलुकाबाट साना गाडी र मोटरसाइकल सञ्चालन गर्न सकिने डिभिजन प्रमुख निरज शाक्यले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।