नेकपाकाे सचिवालय बैठक: राजनीतिक प्रतिवेदनमा गरिएको सम्पादनबारे दुई अध्यक्षद्वारा जानकारी

 असार ७, २०७६ शनिबार २०:१०:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठकमा दुई अध्यक्षले पार्टीको राजनीतिक प्रतिवेदनमा गरिएको सम्पादनबारे सचिवालय सदस्यहरुलाई जानकारी गराउनुभएकाे छ ।

बालुवाटारमा रहेकाे प्रधानमन्त्रीको सरकारी निवासमा शनिबार बसेको सचिवालय बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले राजनीतिक प्रतिवेदनमाथिको सम्पादनको प्रक्रिया र सम्पादनका विषयबारे जानकारी गराउनुभएको महासचिव विष्णु पौडेलले जानकारी दिनुभयो ।

पार्टी एकता एकीकरणको बाँकी प्रक्रिया छिटै सम्पन्न गर्ने विषय बैठकमा उठे पनि त्यसबारे निर्णयमा भने नपुगेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘कार्यविभाजन, केन्द्रीय कमिटीका सदस्यको कार्यविभाजन, केन्द्रीय निकाय र विभागहरुको गठन लगायत विषयमा शीघ्र निर्णय गर्ने र एकता एकीकरणको काम सम्पन्न गर्ने साथै पार्टी पक्तिलाई केन्द्रीकृत योजना अन्तरगत परिचालित गर्ने निर्णय बैठकले गरेको छ ।’

उहाँले सरकारको कामकारवाही अझै प्रभावकारी बनाउने विषयमा पनि बैठकमा छलफल भएको जानकारी दिनुभयो । बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो युरोप भ्रमणबारे जानकारी गराएको नेता बामदेव गौतमले बताउनुभयो ।

 

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया