काठमाण्डौमा सार्वजनिक ठाउँमा फोहर फाल्नेलाई ५ देखि १५ हजार र...
फागुन १७, २०८१ शनिबार
काठमाण्डाै - नेपाल र बंगलादेशबीच जलविद्युत् र नवीकरणीय उर्जाको क्षेत्रमा लगानी गर्ने सम्बन्धमा सहमति भएको छ ।
आइतबार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा पत्रकार सम्मेलन गरी सहमतिबारे जानकारी गराइएको हो । यही असार ५ र ६ गते बंगलादेशको कोक्सस् बजारमा सम्पन्न भएको दुई देशका सचिवस्तरीय समितिहरुको दोश्रो बैठकले नेपाल र बंगलादेशबीच विद्युत् व्यापारको संभावना, नेपालमा जलविद्युत् विकासमा बंगलादेशी निजी प्रवर्द्धकबाट लगानीको संभावना, अन्तरदेशीय विद्युत् प्रसारण लाइनको संभावना, माथिल्लो कर्णाली जलविद्युत् आयोजनाबाट बंगालदेशले आयत गर्ने ५ सय मेगावाट विद्युत् तथा नेपाल र बंगलादेशबीचमा नविकरणीय ऊर्जाको क्षेत्रमा सहयोग गर्ने सम्बन्धी निर्णयहरु अनुमोदन गरेको हो ।
बैठकमा नेपालको तर्फबाट नेतृत्व गर्नुभएका ऊर्जा, जलस्रोत तथा सिँचाइ सचिव दिनेश कुमार घिमिरेले नेपालको जलविद्युतमा लगानी गरी निर्यात गर्ने तथा वैकल्पिक ऊर्जामा सहकार्य गर्ने सहमति भएको जानकारी दिनुभयो ।
सहमतिमा तत्काल भारतको संरचना प्रयोग गर्ने र भविष्यमा बन्ने आयोजना भारतको भूमि हुदै बंगलादेशसम्म प्रशारण लाइन बनाउने सहमति भएको छ । यसमा भारतको पूर्ण समर्थन हुने विश्वास सचिव घिमिरेले व्यक्त गर्नुभयो ।
२०७५ साउन २५ गते सम्पन्न नेपाल बंगलादेशबीच ऊर्जा क्षेत्रमा आपसी सहयोग सम्बन्धी समझदारी पत्रको दफा ४ मा व्यवस्था भए अनुसार सो सम्झौताको कार्यान्वयन पक्षलाई सहजीकरण र यस सम्बन्धमा हुने प्रगतीको अनुगनम गर्न सह सचिवस्तरीय एवं सचिवस्तरीय समितिहरु गठन गरिएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।