लमजुङमा अलैँची बिक्रीबाट ५ करोड बढी आम्दानी

 असार ९, २०७६ सोमबार ११:४६:२ | उज्यालो सहकर्मी
unn.prixa.net

लमजुङ - लमजुङमा यस वर्ष अलैँची बिक्रीबाट ५ करोड बढी आम्दानी भएके छ । यसवर्ष ७ सय ५० क्विन्टल अलैँची बिक्रीबाट ५ करोड २५ लाख रुपैयाँ आम्दानी भएको नेपाल अलैँची व्यवसायी महासंघ लमजुङ शाखाका अध्यक्ष अजय तामाङले बताउनुभयो ।

उहाँका अनुसार यसवर्ष किसानले प्रतिकेजी ६ सय रुपैयाँदेखी ७ सय ५० रुपैयाँसम्मा अलैँची बेचेका थिए । तामाङका अनुसार गएकाे वर्ष ६ सय २१ क्विन्टल अलैँची उत्पादन भएको थियो । गएकाे वर्ष अलैँची बिक्रीबाट ४ करोड हाराहारीमा आम्दानी भएको थियो ।

गएकाे वर्ष किसानले प्रतिकेजी ६ सयदेखी ६ सय ५० रुपैयाँसम्ममा अलैँची बिक्री गरेका थिए ।

‘गएकाे वर्षको तुलनामा यसवर्ष जिल्लामा अलैँची उत्पादन पनि तुलनात्मक रुपमा बढेको भन्दै उहाँले गएकाे वर्षको तुलनामा यसवर्ष किसानले अलैँचीको मूल्य पनि राम्रो पाएका बताउनुभयाे । 

शाखाका अनुसार गएकाे केही वर्षहरुबाट अलैँचीले उच्च मूल्य पाउँदा यसकाे खेतीमा कृषककाे आकर्षण बढेकाे भए पनि पछिल्लाे समय फेरी अलैँचीको मूल्य तुलनात्मक रुपमा घट्दै जाँदा कतिपयले खेती गर्न छाडेका छन् । 

लमजुङमा अहिले झण्डै २० हजार किसानले अलैँची खेती गरेका छन् । लमजुङकाे ८ वटै स्थानीय तहमा गरी झण्डै १२ सय हेक्टर क्षेत्रफल जमिनमा अलैँची खेती भइरहेकाे छ ।

अन्तिम अपडेट: फागुन १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया