विकासको काममा कुनै पनि अवरोध स्वीकार्य हुँदैन: खानेपानी मन्त्री मगर

 असार १०, २०७६ मंगलबार १६:४७:३ | उज्यालो सहकर्मी
unn.prixa.net

कञ्चनपुर - खानेपानी मन्त्री विना मगरले विकासको काममा कुनै पनि अवरोध स्वीकार्य नहुने बताउनुभएको छ ।

कञ्चनपुरकाे बेलौरी नगरपालिकाको चौथो नगरसभाको उद्घाटन गर्दै मंगलबार खानेपानी मन्त्री मगरले विकासको काममा कहीँ कतैबाट अवरोध आए सह्य नहुने बताउनुभएको हो । उहाँले जथाभावी विरोध गरेर भन्दा पनि विकासको काममा साथ दिन प्रतिपक्षी दललाई आग्रह गर्नुभयो । 

‘यहाँ विपक्षी दलका साथीहरुबाट गुण्डागर्दी शैलीमा हाकिमहरुलाई धम्क्याउने, थर्काउने जस्ता काम भइरहेको छ । प्रतिपक्षी दलले यो सब बन्द गरोस् ,’ उहाँले भन्नुभयो, ‘कञ्चनपुर क्षेत्र नम्बर-१ को विकासका लागि कसैले अवरोध गर्छ भने त्यो सह्य हुँदैन । कञ्चनपुर क्षेत्र नम्बर-१ लाई नमुना क्षेत्रको रुपमा  विकास गरेर देखाउँछौँ । सक्नुहुन्छ भने साथ दिनुस् होइन भने अवरोध गर्न बन्द गर्नुस् ।’

विकासको कार्यमा अवरोध पुर्‍याउनेहरुसँग कडा प्रतिकार गरेर अघि बढिने उहाँको भनाइ थियाे ।

उहाँले कञ्चनपुरमा भन्सार नाका खोल्ने, बन्दा तालको विकास गर्ने, सांस्कृतिक सम्पदाको संरक्षण गर्ने र सडक विस्तार गर्ने लगायतका कामहरु अघि बढिरहेको जानकारी दिनुभयो । नेपाल भारत सीमा समस्या समाधान गर्नेदेखि कञ्चनपुर निर्वाचन क्षेत्र नं-१ लाई नमुना शहरका रुपमा विकास गर्ने लक्ष्य रहेको मन्त्री मगरले बताउनुभयो ।

कार्यक्रममा मन्त्री मगरले थप्भनुयो, ‘नगरको दिगो विकास गर्दै यस क्षेत्रमा सबै प्रकारका विभेद अन्त्य गर्ने, भौतिक पूर्वाधारयुक्त सफा र सुन्दर आधुनिक बेलौरी बनाउने योजना छ । यहाँका नागरिकलाई सबल र आत्मनिर्भर बनाउँदै लगिने र यसका लागि बेलौरी नगरपालिकाका नेतृत्वहरुको पूर्ण सहयोग चाहिन्छ ।’ 

नगर सभामा नगर प्रमुख पोतिलाल चौधरीले आर्थिक वर्ष २०७६÷७७ को लागि ६० करोड ८५ लाख ९४ हजार बराबरको बजेट प्रस्तुत गर्नुभएको थियो 

अन्तिम अपडेट: फागुन १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया