नेपाल एअरलाइन्सले बेच्ने भयो बोइङ, अब एअरबसका मात्रै जहाज

 असार ११, २०७६ बुधबार १३:१२:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाल वायु सेवा निगमले बोइङ ७५७ सिरिजको ‘गण्डकी’ जहाज बेच्ने भएको छ । 

जहाज बेच्न निगमले बुधबार अन्तर्राष्ट्रिय बोलबत्र आह्वान गरेको छ । ३२ वर्ष पुरानो बोइङ ७५७ एसीबी सिरिजको यो जहाज बिग्रिएर ५ महिनादेखि ग्राउन्डेड भएको थियो । यो जहाज १ सय ९० सिट क्षमताको छ ।

यो जहाज किन्नका लागि ४५ दिनभित्र बोलपत्र भर्नुपर्ने निगमले जनाएको छ । बोलपत्र भर्नेले ३ करोड ८४ लाख रुपैयाँभन्दा धेरै रकम बैंक ग्यारेन्टी राख्नुपर्ने निगमले जनाएको छ ।

निगमले बोइङ ५७७ सिरिजका २ वटा जहाज सन् १९८७ मा र १९८९  मा किनेको थियो । 

यही सिरिजको अर्को कर्णाली नामको जहाज निगमले दुई वर्षअघि नै हाल गैरआवासीय नेपाली संघका अध्यक्ष रहेका भवन भट्टलाई बेचेको थियो । तर बिक्री भएको जहाज अहिलेसम्म पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै ग्राउन्डेड रहेको छ । यी दुई जहाजमार्फत निगमले आफ्नो स्वर्ण युगमा फ्रयांकफर्ट, लण्डन, पेरिस, टोक्यो र संघाईसम्म उडान गरेको थियो  । 

बोइङ कम्पनीको यो जहाज  बिक्रीपछि नेपाल वायुसेवा निगमसँग एअरबस कम्पनीमा मात्रै  जहाज हुनेछन् । निगमले ४ वर्षअघि एअरबस ३२०–२२० सिरिजका २ वटा जहाज किनेको थियो भने गएको वर्ष एअरबसकै ३३०–२०० सिरिजका २ वटा वाइडबडी जहाज किनेको छ । 

एअरबसको  जहाज बिक्रीपछि  निगमसँग अन्तर्राष्ट्रिय उडानको लागि एअरबसका ४ वटा मात्रै जहाज रहनेछन् । 

----------------------------------

उज्यालाेले तयार पारेकाे भिडियाे स्टाेरी हेेर्नुहाेस्ः

अन्तिम अपडेट: फागुन १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया