केपी ओली कपको दोस्रो सेमिफाइनलमा आयोजक टाेली र मच्छिन्द्र खेल्दै
फागुन १७, २०८१ शनिबार
काठमाण्डौ - भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले तत्काल मन्त्रिमण्डल पुनर्गठन नहुने स्पष्ट पार्नुभएकाे छ।
बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा उहाँले मन्त्रिमण्डल पुनर्गठन गर्ने वा नगर्ने भन्ने अधिकार प्रधानमन्त्रीको हातमा रहेको बताउँदै भन्नुभयाे,‘मन्त्रिमण्डल पुनर्गठन हुन्छ भनेर यो सरकार गठन भएदेखि नै हल्ला भएको हो । यसमा कुनै सत्यता छैन । यो त सरकारलाई कमजोर बनाउनको लागि चलाइएको अफवाह हो ।’
पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि तत्काल मन्त्रिमण्डल हेरफेर हुन्छ भन्ने आशयले नबोलेको उहाँको दावी गर्नुभयाे । उहाँले भन्नुभयाे,‘मन्त्रिमण्डल पुनगर्ठन भए पनि अध्यक्षद्वयको सल्लाहमै हुन्छ । हुन सक्दैन भनेर भन्न सकिँदैन । यो पार्टीले गर्ने निर्णय हो । तर, तत्काल मैले यो सम्भावना देखेको छैन । मन्त्रिमण्डल पुनगर्ठनबारे दिनहुँ नयाँ समाचार आइरहेका छन् । यसबारेको बजारिया हल्ला र प्रचण्डको कुरा एउटै छैन । अध्यक्ष प्रचण्डले बजारको हल्लाजसरी बोल्नुभएको छैन।’
मन्त्री महासेठले पार्टीभित्र कुनै अन्तरविरोध नरहेकाे र केपी ओली नै अबको पाँच वर्ष प्रधानमन्त्री भएकाे आफ्नाे बुझाइ रहेकाे बताउनुभयाे । तर, यदि पार्टीले निर्णय गर्यो भने प्रधानमन्त्री, मन्त्री हामी सबै भोलि नै फर्किनुपर्ने भन्दै उहाँले बजारमा चलेकाे हल्लाको विश्वास नगर्न सबैलाई आग्रह गर्नुभयाे।
कार्यक्रममा उहाँले सरकारले रेलमार्ग निर्माणको काम पनि तीव्र गतिमा अघि बढाइरहेको साथै पूर्व–पश्चिम रेलमार्गको डीपीआरको काम धमाधम भैरहेको जानकारी दिनुभयाे । यस हिसाबले आउँदाे दश वर्षभित्र २ हजार ८ सय किलोमिटर रेलमार्गले देशलाई जोड्ने पनि मन्त्री महासेठले घोषणा दावी गर्नुभयाे ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।