पोखरा महानगरपालिकाको कार्यालयमा कांग्रेसले लगायो ताला

 असार १२, २०७६ बिहीबार १२:३६:८ | उज्यालो सहकर्मी
unn.prixa.net

कास्की – पोखरा महानगरपालिकाले ल्याएको बजेटप्रति असहमति जनाउँदै आएका कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरुले महानगरपालिकाको कार्यालयमा ताला लगाइदिएका छन् । 

बजेट विनियोजनमा विभेद गरेको आरोप लगाउँदै नगरसभा स्थल पोखरा सभागृह हलमा बजेट किताब च्यातेर बाहिरिएका थिए । तालाबन्दी पछि कांग्रेस जनप्रतिनिधिहरुले महानगरपालिकाको मूल गेट अगाडि प्रदर्शनसमेत गरेका छन् । कांग्रेस जनप्रतिनिधिहरुको तालाबन्दी र प्रदर्शनको कारण महानगरपालिकाको दैनिक कामकाज प्रभावित भएको छ । 

महानगरपालिकाले ल्याएको बजेट वितरण समानुपातिक नभएको र भविष्यमा हुने कास्की क्षेत्र नम्बर २ को उपनिर्वाचनलाई लक्षित गरी बजेट ल्याइएको कांग्रेसबाट निर्वाचित वडाध्यक्ष शंकर बास्तोलाले आरोप लगाउनुभएको छ ।

महानगरपालिकाले भने कांग्रेसका जनप्रतिनिधिहरु बजेट किताब च्यातेर बाहिरिएका भए पनि बहुमतले बुधबार नै बजेट पारित गरेको छ । १ सय ७० सदस्य रहेको पोखराको नगरसभामा ४८ जना काँग्रेसका सदस्य छन् भने बाँकी सबै नेकपाका हुन् ।

बजेट पारित भए पनि यसलाई नसच्याउने हो भने निरन्तर आन्दोलन गर्ने र कार्यान्वयन हुन नदिने चेतावनी कांग्रेसतर्फका जनप्रतिनिधिहरुले दिएका छन् । नेकपाले जितका वडामा धेरै बजेट पारिएको र कांग्रेसले जितेका वडामा कम बजेट पारिएको आरोप पनि कांग्रेसको छ । 

पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले बजेटमा कुनै विभेद नभएको दाबी गर्नुभएको छ । 

अन्तिम अपडेट: फागुन १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया