रुपन्देहीमा गोली हानी एक जनाको हत्या
फागुन १७, २०८१ शनिबार
काठमाण्डौ – १ अर्ब रुपैयाँभन्दा धेरै राजस्व छली गरेको आरोपमा राजस्व अनुसन्धान विभागले विभिन्न व्यक्ति तथा फर्मविरुद्ध मुद्दा दायर गरेको छ ।
लुम्बिनी पान मसला तथा गुट्खा उद्योग कृष्णनगरले वितरक तथा थोक वितरकको संलग्नतामा पानकिङ ब्राण्डको सुर्तीजन्य मसलामा नक्कली स्टिकर बनाएर अन्तशुल्क कर छलेको आरोपमा ८७ करोड ५५ लाख ७४ हजार रुपैयाँ विगो दाबी गरेर बारा जिल्ला अदालतमा मुद्दा दायर भएको छ ।
राजस्व अनुसन्धान विभागले मोहम्मद मुसलमानलाई ३३ करोड ५३ लाख रुपैयाँ, पश्चिमाञ्चल ट्रेडर्सका मोहम्मद रेहानलाई २२ करोड ९४ लाख र साइन ट्रेडर्सका भरत अधिकारीलाई २ करोड ३६ लाख रुपैयाँ विगो तथा जरिबाना माग गरि राजस्व छलीको मुद्दा दायर गरिएको जनाएको छ ।
यस्तै भारतीय नागरिक बन्दना सनी पोटफोडेविरुद्ध विदेशी विनिमय अपचलनको आरोपमा ३ वर्ष कैद तथा १० करोड रुपैयाँ विगो र जरिबाना माग गरेर जिल्ला अदालत काठमाण्डौमा मुद्दा दायर भएको छ । उनले केही नेपाली नागरिकसँग मिलेर विदेशी विनिमय अपचलन गरेको विभागको दाबी छ ।
यस्तै काठमाण्डौको एच एण्ड बी ट्रेड कन्सर्न कम्पनीका विरेन्द्रबहादुर कुर्मी क्षेत्रीले पनि नक्कली विजक बनाएर राजस्व छली गरेको आरोपमा ३ वर्ष कैद र ३ करोड ९७ लाख रुपैयाँ विगो तथा जरिवाना माग गरी काठमाण्डौ जिल्ला अदालतमा मुद्दा दायर गरिएको राजस्व अनुसन्धान विभागले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।