रुपन्देहीमा गोली हानी एक जनाको हत्या
फागुन १७, २०८१ शनिबार
काठमाण्डौ - नेपाली कांग्रेसले पार्टी केन्द्रीय कार्य समितिको बैठक आउँदाे असार २२ गते बोलाएको छ ।
नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेवि संघलगायतका पार्टीका सबै संगठन संरचनाहरुको निर्माणका लागि आवश्यक निर्णय लिनेगरी आउँदाे असार २२ गते आइतबार पार्टी केन्द्रीय कार्य समिति बैठक बोलाइएको जानकारी दिनुभएको हो ।
बैठकमा नेविसंघ, तरण दललगायतका भातृ संस्थाहरुको समिति बनाएर पार्टीलाई गतिशील ढंगले अघि बढाउने विषयमा छलफल केन्द्रित हुने उहाँको भनाइ छ ।
प्रवक्ता शर्माले दोस्रो चरणको राष्ट्रिय जागरण अभियान भदौ २४ गतेबाट सुरु हुनु अघि नै पार्टीको सबै संगठन संरचनाको निर्माण गर्ने पार्टीको योजना रहेको बताउनुभयो ।
प्रवक्ता शर्माले राष्ट्रिय जागरण अभियानको समीक्षाका लागि बुधबारदेखि जारी छलफलमा पार्टीका केन्द्रीय प्रतिनिधिहरुले पार्टीलाई एकताबद्ध बनाएर लैजानुपर्नेमा पनि जोड दिएको बताउनु भयो ।
केन्द्रीय प्रतिनिधिहरुले सरकारप्रति नागरिकमा वितृष्णा फैलिएकाे दावी गर्दै उनीहरुको विश्वास जित्नेगरी कार्यक्रम अघि बढाउनुपर्ने सुझाव दिएका छन् ।
पार्टीको पहिलो चरणको राष्ट्रिय जागरण अभियानको समीक्षा गर्न बसिरहेको बैठकमा सहभागी भएका हुम्लाका केन्द्रीय प्रतिनिधि हस्तबहादुर मल्लले सरकारको अकर्मण्यता जनताको माझ लगेर उनीहरुको विश्वास जित्नेगरी काम गर्न पार्टी नेतृत्वलाई सुझाव दिइएको बताउनुभयो ।
मल्लले पहिलो चरणको राष्ट्रिय जागरण अभियानले पार्टीभित्र एकताको सन्देश दिएको उल्लेख गर्दै त्यसलाई निरन्तर अघि बढाउन नेतृत्वलाई सचेत गराउनु भयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।