राष्ट्र बैंकको निर्देशन: बैंक मर्जर गर्ने भए १५ दिनभित्र सूचना दिनू

 असार १२, २०७६ बिहीबार १६:३३:२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपाल राष्ट्र बैंकले मौद्रिक नीति आउनु अघि नै मर्जरको निर्णय गर्न वाणिज्य बैंकहरुलाई निर्देशन दिएको छ ।

२८ वटै वाणिज्य बैकका प्रमुख कार्यकारी अधिकृत र सञ्चालक समितिका अध्यक्षहरुलाई डाकेर राष्ट्र बैंकले मर्जर हुने संस्थाको बारेमा १५ दिनभित्रै जानकारी गराउन निर्देशन दिएको हो ।

राष्ट्रबैंकका गभर्नर चिरिञ्जिवी नेपालले बैंकहरुबीचको अस्वस्थ प्रतिस्पर्धा हटाउन पनि मर्जर आवश्यक रहेको तर यसको निर्णय छिटो लिन बैंकहरुलाई निर्देशन दिनुभयो ।

राष्ट्रबैंकले पछिल्लो समय खराब कर्जा बढेको, बैंकहरुले स्प्रेडदर र आधारदर पालना नगरेको, सुशासनको उल्लंघन भैरहेको निष्कर्ष निकाल्दै मर्जरलाई महत्व दिन पनि बैंकहरुको ध्यानाकर्षण गराएको हो । राष्ट्रबैंकले असार २७ गते मौद्रिक नीति ल्याउने तयारी गरिरहेको छ । 

अन्तिम अपडेट: फागुन १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया