मदन भण्डारी विश्वविद्यालय खोल्न थाहा नगरपालिकामा १ सय ७९ रोपनी जग्गा छुट्याइयाे

 असार १२, २०७६ बिहिबार १८:५७:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - सरकारले मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय मकवानपुरको थाहा नगरपालिकामा खोल्ने निर्णय गरेको छ । 

विश्वविद्यालय पूर्वाधार निर्माण विकास समितिका लागि सरकारले मकवानपुरको थाहा नगरपालिका-९ मा रहेको १ सय ७९ रोपनी १२ आना २ पैसा जग्गा समितिको नाममा भोगाधिकार प्रदान गर्ने निर्णय गरेसँगै विश्वविद्यालय निर्माण हुने भएको हो । 

मन्त्रिपरिषदको पछिल्लो बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिनुभयो ।

सरकारले विश्वविद्यालय निर्माणका लागि आगामी आर्थिक वर्ष २०७६-०७७ को बजेटमा १ अर्ब १० करोड बजेटसमेत छुट्याइसकेको छ । 

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया