काठमाण्डौमा सार्वजनिक ठाउँमा फोहर फाल्नेलाई ५ देखि १५ हजार र...
फागुन १७, २०८१ शनिबार
काठमाण्डौ – नेपाल मेडिसिटी अस्पतालले ‘बिरामी सुरक्षाको सुदृढ ढाँचाको विकास’ विषयमा अन्तर्राष्ट्रिय गोष्ठी गर्दैछ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय तथा ग्रुप अफ टेक्निकल असिस्टेन्ससँगको सहकार्यमा दुई दिने अन्तर्राष्ट्रिय गोष्ठी हुन लागेको हो । स्वास्थ्यकर्मीको भुलचुकले बिरामीको मृत्यु हुने क्रम बढेपछि यसलाई रोक्ने विषयमा गोष्ठीमा छलफल हुने अस्पतालले जनाएको छ ।
गोष्ठीमा विश्व स्वास्थ्य संगठन, अमेरिका, बेलायत, जर्मनी, खाडी मुलुक, भारत लगायतका देशका प्रतिनिधिको सहभागिता रहनेछ ।
विश्वभर स्वास्थ्यकर्मीको भुलचुकले वर्षमा २ लाख ५० हजार बिरामीको अस्पतालमै मृत्यु हुने गरेको तथ्याँक छ । विश्व स्वास्थ्य संगठनका अनुसार हरेक दिन अस्पताल भर्ना हुने दशमध्ये एक बिरामीमा नकारात्मक असर पर्ने गरेको छ । धेरै अवस्थामा संक्रमण देखिने, गलत शल्यक्रिया हुने, गलत औषधि प्रयोगमा निर्देशन दिने, औषधिको मात्रा बढि हुने तथा अस्पतालभित्रै चोटपटक लाग्ने गरेको पाइएको छ ।
नेपाल मेडिसिटी अस्पतालले बिरामी सुरक्षालाई उच्च प्राथमिकतामा राख्दै यसका लागि आवश्यक नीति तथा प्रक्रिया अघि सार्दै भारतको गुणस्तरीय बोर्डद्वारा नेशनल अक्रेडिटेशन बोर्ड फर हेल्थ एण्ड हस्पिटल को अन्तर्राष्ट्रिय मान्यता समेत प्राप्त गरिसकेको छ । यस किसिमको अन्तर्राष्ट्रिय मान्यता प्राप्त गर्ने नेपाली अस्पतालहरुमध्ये नेपाल मेडिसिटी पहिलो हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।