पाराग्वेलाई हराउँदै ब्राजिल कोपा अमेरिकाको सेमिफाइनलमा

 असार १३, २०७६ शुक्रबार ९:४:४० | उज्यालो सहकर्मी
unn.prixa.net

पाराग्वेलाई पेनाल्टीमा हराउँदै ब्राजिल कोपा अमेरिकाको सेमिफाइनलमा पुगेको छ ।

शुक्रबार बिहान भएको खेलमा ब्राजिलले १० खेलाडीमा झरेको पाराग्वेलाई पेनाल्टीमा ४–३ ले हरायो । गुस्ताभो गोमेज र डेर्लिस गोन्जालेजले पेनाल्टी मिस गर्दा पाराग्वेले सेमिफाइनलमा पुग्न मौका गुमायो ।

निर्धारित ९० मिनेटमा दुबै टिमले गोल गर्न सकेनन् । ५८औं मिनेटमा पाराग्वे १० खेलाडीमा झर्‍यो । फावियन बाल्बुयना रातो कार्ड पाएर मैदानबाट बाहिरिँदा बाँकी ४० मिनेट पाराग्वेले १० खेलाडीमा खेलेको थियो ।

सुटआउटमा पाराग्वेका दुई खेलाडीले पेनाल्टी मिस गर्दा ब्राजिलका चार जना खेलाडीको प्रहार गोलमा परिणत भयो । ब्राजिलका विलियन, माक्र्युनोस, फिलिप कउटिन्हो र ग्याब्रियल जेससले गोल गर्दा रोबर्टो फिरमिनोको प्रहार मिस भयो ।

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया