नेपाल प्रहरीको लागूऔषधविरुद्धको महाअभियान शुरु
फागुन १७, २०८१ शनिबार
रसुवा – रसुवामा पहिलो पटक प्याराग्लाइडिङ परीक्षण गरिएको छ । गोसाइँकुण्ड गाउँपालिका–५ दुर्सागाङबाट बिहीबार प्याराग्लाइडिङको सफल परीक्षण गरिएको हो ।
नेपाल भ्रमण वर्ष २०२० र गोसाइँकुण्ड गाउँपालिका भ्रमण वर्ष २०१९ लाई मध्येनजर गर्दै पर्यटन प्रवद्र्धनमा सहयोग पु¥याउनका लागि प्याराग्लाइडिङको परीक्षण गरिएको हो ।
प्याराग्लाइडिङको तीन दिनसम्म परीक्षण उडान हुने भुल्दीगाङ प्याराग्लाइडिङ उपभोक्ता समितिले जनाएको छ । बिहीबार तीन ओटा उडान गरिएको समितिका अध्यक्ष शेराप साङ्बो तामाङले बताउनुभयो ।
एउटा सोलो (सिङ्गल) र दुई ओटा ट्यान्डम (डबल) फ्लाइट गरिएको हो । शुक्रबार पाँच ओटा उडान गरिने छ । यो क्षेत्र प्याराग्लाइडिङको लागि उपयुक्त रहेको पाइलट विजय चौलागाईँले बताउनुभयो । यो क्षेत्रमा जुनसुकै ठाउँबाट पनि उडान गर्न सकिने देखियो, उहाँले भन्नुभयो, ‘अवतरणका लागि ठाउँको अभाव छ ।’
गोसाइँकुण्ड गाउँपालिकाले भ्रमण वर्ष २०१९ घोषणा गरेको छ । जिल्लामा पर्यटक भित्र्याउनका लागि जल पर्यटन, धार्मिक पर्यटन तथा ऐतिहासिक पर्यटनको सम्भावना रहेको छ ।
गाउँपालिकाले स्याफ्रुबेसी गोसाइँकुण्ड पदमार्ग सञ्चालन तथा धुन्चे गोसाइँकुण्ड केबलबार निर्माण गर्ने प्रक्रिया समेत अघि बढाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।