रुपन्देहीमा गोली हानी एक जनाको हत्या
फागुन १७, २०८१ शनिबार
काठमाण्डौ – शुक्रबार दिउँसो साढे ३ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कालो मुस्लोसहितको धुवाँ उड्नेछ ।
केही हेलिकप्टर आपतकालीन उद्धारको शैलीमा विमानस्थल वरपर उड्नेछन् । अनि काठमाण्डौ महानगरपालिकाका दमकल, सुरक्षाकर्मी र एम्बुलेन्स चर्को साइरन बजाउँदै विमानस्थल पुग्नेछन् । अन्तर्राष्ट्रिय विमानस्थलले हरेक दुई वर्षमा आपतकालीन उद्धार अभ्यास गर्ने चलन छ ।
अघिल्लो पटक विमान दुघर्टनाको अभ्यास गरेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले यस पटक भने बम खतराको अभ्यास गर्दैछ । यसको लागि ३ बजेर १० मिनेटदेखि ३ बजेर ४० मिनेटसम्म विमानस्थलमा 'नोटाम' अर्थात विमान उडान र अवतरण बन्द गरिँदैछ ।
विभिन्न सञ्चारमाध्यमले अभ्यासको घटनालाई पनि साँच्चिकै जसरी प्रस्तुत गरेर नागरिकमा त्रास फैलिने भएकाले त्यस्ता खबरको पछि नलाग्न विमानस्थलले अनुरोध गरेको छ ।
‘विगतमा पनि लौ विमानस्थलमा आगो लाग्यो, विमान पड्क्यो भन्नेजस्ता भ्रामक समाचार आएका थिए, यो नियमित प्रक्रिया हो, संसारभरका अन्तर्राष्ट्रिय विमानस्थलले गर्नैपर्ने काम हो, त्यसैले आज हामीले गर्न लागेका हौँ, कसैले भ्रामक समाचार दियो भने नआत्तिनुहोला ।’ त्रिभुवन विमानस्थलका प्रमुख राजकुमार क्षेत्रीले उज्यालो अनलाइनलाई भन्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।