जबर्जस्ती करणी गरेकाे आरोपमा सैनिक जवान पक्राउ

 असार १३, २०७६ शुक्रबार १४:५१:२४ | विमल बिष्ट
unn.prixa.net

डोटी – जबर्जस्ती करणी गरेको आरोपमा डोटीमा एक जना नेपाली सेनाका जवान पक्राउ परेका छन् । 

सायल गाउँपालिकामा साली नाता पर्ने एक महिलालाई जबर्जस्ती करणी गरेको आरोपमा त्यही स्थानका नेपाली सेनाका ३५ वर्षीय जवान कृष्ण विष्टलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । 

साली नाता पर्ने महिलालाई सैनिक जवान विष्टले जबर्जस्ती करणी गरेको भन्ने उजुरीका आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक लालबहादुर धामीले बताउनुभयो । 

प्रहरीका अनुसार पक्राउ परेका विष्ट नेपाली सेनाको कुमारी दल गुल्म सुपारीटार ब्यारेक हेटौँडामा जवान पदमा कार्यरत रहेको खुल्न आएको छ । 

गएको असार ८ गते राति मादक पदार्थ सेवन गरी साली नाता पर्ने महिलालाई जवान विष्टले जबर्जस्ती करणी गरेका थिए । 

अन्तिम अपडेट: चैत १५, २०८०

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया