युक्रेनी राष्ट्रपतिलाई अमेरिकाले गरेको व्यवहारप्रति पुरै युरोप...
फागुन १७, २०८१ शनिबार
बाँके - प्रहरीले भन्सार छलेर नेपालगञ्ज भित्र्याइएका ६४ वटा खसी-बोका शुक्रबार नियन्त्रणमा लिएको छ ।
भारतबाट अवैध रुपमा भित्राएका खसी-बोका लुकाएर राखिएको विशेष सूचनाको आधारमा नेपालगञ्ज उप–महानगरपालिकाको दैलेखी बङ्गलाबाट ती खसी-बोका नियन्त्रणमा लिएको वडा प्रहरी कार्यालय नेपालगञ्जका प्रहरी नायब निरीक्षक माधव डाङ्गीले जानकारी दिनुभयो ।
नियन्त्रणमा लिइएका खसी-बोका शुक्रबार नै नेपालगञ्ज भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।