काठमाण्डौमा सार्वजनिक ठाउँमा फोहर फाल्नेलाई ५ देखि १५ हजार र...
फागुन १७, २०८१ शनिबार
काठमाण्डौ - काठमाण्डौको कोटेश्वरदेखि कलंकीसम्मको सडक किनाराका दुवैतर्फ शनिबार वृक्षारोपण गरिने भएको छ ।
आउँदाे आर्थिक वर्ष २०७६-०७७ लाई वृक्षारोपण वर्षका रुपमा बनाउने सरकारको निर्णयअनुसार वन तथा वातावरण मन्त्रालयको आयोजनामा वृक्षारोपण हुन लागेको हो । वृक्षारोपणको शनिबार बिहान ८ बजे प्रधानमन्त्री केपी शर्मा ओलीले कोटेश्वरमा उदघाटन गर्ने कार्यक्रम छ ।
कार्यक्रममा सभामुख कृष्णबादुर महरा, राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिना, पूर्वप्रधानमन्त्रीहरु, मन्त्रीहरु, प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यहरु, संवैधानिक निकायका प्रमुख तथा पदाधिकारी, सरकारका विशिष्ट श्रेणीका कर्मचारी, सुरक्षा निकायका प्रमुखहरु ल्गायतले पनि वृक्षरोपण गर्नुहुनेछ ।
नौ क्लष्टरमा वृक्षारोपण
वृक्षारोपण कार्यक्रम व्यवस्थित र प्रभावकारी बनाउन मन्त्रालयले विभिन्न नौ स्थानमा क्लस्टर निर्धारण गरेको छ । जसमा कोटेश्वरदेखि बालकुमारीसम्म, बालकुमारीदेखि ग्वार्कोसम्म, ग्वार्कोदेखि बी एण्ड बी अस्पताल अगाडिसम्म, बी एण्ड बी अस्पतालदेखि सातदोबाटोसम्म, सातदोबाटोदेखि महालक्ष्मीस्थानसम्म, महालक्ष्मीस्थानदेखि एकान्तकुनासम्म, एकान्तकुनादेखि बागडोलसम्म, बागडोलदेखि बल्खुसम्म र बल्खुदेखि कलंकीसम्म नौ वटा केन्द्र तोकिएका छन् ।
कुन–कुन प्रजातिका विरुवा रोपिन्छन् ?
वृक्षारोपण कार्यक्रममा चक्रपथको कोटेश्वरदेखि कलंकीसम्म ३ हजारभन्दा बढी बिरुवा रोपिनेछन् । जसमा हालसम्म पत्ता लागेकोमध्ये संसारकै सबैभन्दा पुरानो प्रजाति मानिएको चिनियाँ गिन्कोसहित असारे फूल, तेजपत्ता, कल्की, राजवृक्ष, कपूर, पावलेजस्ता बिरुवा छन् ।
उत्सवका रुपमा वृक्षारोपण
वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले नेपाल सरकारको निर्णयअनुसार शनिबारबाट सुरु हुने वृक्षारोपण अभियान एक वर्षसम्म जारी रहने बताउनुभयो । उहाँले आउँदाे एक वर्षलाई वृक्षारोपण उत्सवका रुपमा मनाइने उल्लेख गर्नुभयो ।
आउँदाे एक वर्षभित्र काष्ठ-गैरकाष्ठ, फलफूल तथा जडिबुटीका गरी करिब पाँच कराेड बिरुवा रोप्ने तयारी भएको उहाँले बताउनुभयो । देशभरका सरकारी नर्सरीहरुमा हाल झण्डै दुई करोडभन्दा बढी विभिन्न प्रजातिका बिरुवा रहेको बताउनुहुँदै उहाँले बाँकी बिरुवा निजी क्षेत्रका नर्सरीमा रहेको र उनीहरुसँग खरिद गरिने जानकारी दिनुभयो । उहाँले एक वर्षभित्र रोपिएका सबै बिरुवाको अखिभेलसमेत राखिने स्पष्ट गर्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।