युक्रेनी राष्ट्रपतिलाई अमेरिकाले गरेको व्यवहारप्रति पुरै युरोप...
फागुन १७, २०८१ शनिबार
काठमाण्डाै - प्रतिनिधिसभाले विनियोजन विधेयकअन्तर्गत ३ वटा आश्रित विधेयकहरुलाई बहुमतले पारित गरेको छ । .
शुक्रबार बसेको प्रतिनिधिसभा बैठकले आर्थिक विधेयक २०७६, राष्ट्र ऋण उठाउने विधेयक २०७६ र ऋण तथा जमानत(तेइसौँ संशोधन) २०७६ लाई बहुमतले पारित गरेको हो । यी विधेयकमाथि परेका संशाेधन प्रस्तावहरु बहुमतले अस्वीकृत भएका थिए ।
राष्ट्रऋण उठाउने विधेयकको दफाबार छलफलमाथि सहभागी हुँदै नेपाली कांग्रेसका सांसद प्रदिप गिरीले संघीय प्रणालीअनुसार संघ र प्रदेशले लिने कर निर्धारण गर्न सुझाव दिनुभयो । संघीय राज्यका विरुद्ध माथिकाले २० र तलकाले १० प्रतिशत कर उठाउने नभई नया व्यवस्थाको स्प्रिड अनुसारमाथि १० र तल २० प्रतिशत कर लिने व्यवस्था गर्न उहाँले माग गर्नुभयो । उहाँले संघीय राज्यको कार्यान्वयनले मात्रै ऋणको भार कम हुने दाबी गर्नुभयो ।
उहाँले भन्नुभयो, 'अहिले होइन उहिलेदेखि । प्रधानन्त्री ओली भएका पालामा होइन । उहिले प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको पालादेखि नै बिग्रेको ग्रामोफोन जस्तो हामी कति प्रतिशतका दरले प्रत्येक वर्ष उन्नति गर्दैछौ ? विकास गर्दैछौँ भन्ने छैन । हामी गलत दिशामा जाँदैछौँ । वर्षाैंदेखि भनिराखेको छु । विकासको भ्रान्त मोडल २०४७ सालदेखि पछ्याउँदैछौँ । हामी ऋण लिन बाध्य छौँ । अर्थशास्त्रका विद्वानहरुलाई म भन्न चाहन्छु, गाउँका सम्पूर्ण संभावनाको शोषण, दोहन नहुञ्जेल, बेरोजगार, अर्ध बेरोजगार, गुप्त बेरोजगारहरुलाई सम्बोधन गरेर उत्पादन बढाएपछि मात्रै हाम्रो सिर्जनशीलता बढाएपछि मात्रै माननीय अर्थमन्त्रीज्यूको सदिच्क्षा पूरा हुन्छ ।'
प्रतिनिधिसभाका अर्को बैठक असार २२ गते अपराह्न १ बजे बोलाइएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।